धनुषा क्षेत्र नं. ४ मा पुन: नेकपा एमालेका रघुवीर महासेठ विजयी




जनकपुरधाम ।
धनुषा क्षेत्र नं. ४ मा पुन: नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन् । नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।

महासेठले ३२ हजार २३६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी यादवले ३२ हजार ११२ मत पाएका छन् ।

विजयी भएका महासेठ एमालेका सचिव हुन् भने यादव कांग्रेसका सहमहामन्त्री हुन् ।

यसअघि २०७४ को निर्वाचनमा पनि महासेठले यादवलाई २ हजार ५४१ मतान्तरले पराजित गरेका थिए । महासेठ २२ हजार ५३२ मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी महेन्द्रले १९ हजार ९९१ मत पाएका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर १३ गते मंगलबार