नेशनल प्याब्सन राप्तीसोनारीको अध्यक्षमा पुनः गौतम




राप्तीसोनारी ।  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन नेपाल (नेशनल प्याब्सन) राप्तीसोनारीको अध्यक्षमा पुनः सागर गौतम निर्वाचित हुनु भएको छ । शनिबार राप्तीसोनारी ८ शम्शेरगजमा सम्पन्न भएको चौथौ पालिका अधिवेशनबाट गौतम दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन हुनु भएको हो ।

गौतमको अध्यक्षयतामा ५ सदस्यीय राप्तीसोनारी समिति गठन गरिएको छ । त्यस्तै समितीको सचीवमा कुल बहादुर केसी कोषाध्यक्षमा गोविन्द सिंह ठकुरी र सदस्यहरुमा , बाल किशन थारु रमेश चौधरी चयन हुनुभएको छ।

शम्शेरगजमा आयोजना गरिएको अधिवेशनमा राप्तीसोनारी,बैजनाथ र खजुरा गाउँपालिका समितिको संयुक्त रुपमा चौथो समेत चयन गरिएको छ ।
नेशनल प्याब्सन बैजनाथ गाउँपालिका समितीको अध्यक्षमा थोमस ताम्राकार सचीवमा पृथ्वी बहादुर खड्का कोषाध्यक्षमा मिना खत्री चयन हुनुभएको छ ।
त्यस्तै नेशनल प्याब्सन खजुरा गाउँपालिका समितीको अध्यक्षमा कृष्ण भन्डारी सचिवमा शंकर प्रशाद देवकोटा सचीवमा युनुस खान चयन हुनुभएको छ ।

अधिवेशनको उदघाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा राप्तीसोनारी गाउपालिका अध्यक्ष तप्त बहादुर पौडेलले राप्तीसोनारीको शिक्षाको गुणस्तर वृद्धिको लागि सधै लागि रहने बताउदै संस्थागत विद्यालयहरुले राप्तीसोनारीको शिक्षामा महत्त्वपूर्ण योगदान पुर्याएको तथा संस्थागत विद्यालयहरुले न्यूनतम मापदण्डहरुको पालना गरी शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिनु भयो।

कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा न ८ का वडाध्यक्ष सालिकराम डाँगी ,नेशनल प्याब्सन केन्द्रीय सचिव श्याम बहादुर कुवर नेशनल प्याब्सन लुम्बिनी प्रदेश सदस्य शेरजंग गौतम नेशनल प्याब्सन बाँके सल्लाहकार झलक ओली, नेशनल प्याब्सन बाँके वेग प्रसाद चन्द, खजुरा, बैजानाथ गाउँपालिका समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । कार्य नेशनल प्याब्सन राप्तीसोनारीका अध्यक्ष सागरदत्त गौतमको सभापतित्वमा सम्पन्न भएको थियोे ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ साउन २३ गते शनिबार