श्राद्दको महिमा आवश्यकता तथा विधि प्रक्रिया

हिन्दुहरु वा ॐ कार परिवारले भाद्र महिनाको शुक्ल पूर्णिमाको दिन देखि आफ्ना पितृहरुको लागि १६ दिन सम्म तर्पण सहितको पिण्डदान गरेर स्मरण गर्ने प्रचलन छ । यो परम्परा परमपरा देखि मान्दै आएको हो । यो समयमा आफ्न पितृहरु जुन तिथिमा मृत्य भएको हो सोहि तिथिमा श्राद्द गर्ने गरिन्छ । हामी हिन्दुधर्मलम्बी भएकाले हाम्रा मूख्य संस्कृति लाई परम्परा देखि नै अंगिकार गर्दै आईरहेका छौं । आमीले षोडशी संस्कार विहान देखि साँझसम्म गर्ने नित्यकर्म तथा देवकार्य, पितृकार्य सदाचार आदि गरिरहेका छौं । हिन्दु दर्शनमा विद्दानको राय लाई आधार मान्दा हिन्दु भन्नाले भगवान तथा उहांका अंश राजा (इन्द्र, पवन, यम, सूर्य, अग्नि, वरुण, चन्द्र, कुवेर) आठ दिक्पालहरुको अंश लाई मानिएको छ । वेद, गुरु, गायत्री गीता, गाई गङ्गामा आस्थावान तथा ॐ लाई मूलमन्त्र ठान्ने लाई मानिन्छ । यसले पूर्व जन्म तथा पुर्नजन्ममा विश्वास राख्ने लाई हिन्दु मानिन्छ ।

एक हिन्दु भएर जन्मिने केवल संयोग मात्र हाईन । पूर्व जन्मको संस्कार कर्म तथा मृत्यु संस्कार पनि भगवानको विशेष अनुशरण वा अनुकम्पा पनि हो । सृष्टि पालन संहार गर्ने तथा यस खालका कर्मको निरन्तरता प्रदान गर्ने अदृश्य शक्तिको नाम आफैमा भगवान हो । यस शाश्वत सत्यको बोध गरेर लोक तथा परलोकको सुधार तथा परिमार्जन गर्नका लागि हामीले स्वच्छ र स्वस्थ जीवनयापन गर्न सक्नु पर्दछ । जन्मे देखि मृत्युपर्यन्त तथा मृत्यु पश्चात वार्षिक श्राद्द गर्ने हाम्रो परम्परा रहेको छ ।

“कर्मभूमिरियम” यो कर्मको क्षेत्र हो । विश्वकर्ममय हो । कर्मको कारण विश्व रचनाको आधार हो । यो ब्रहण्डको कर्म कै कारणमा खडा भएको हो । किनकी स्वयम् भगवान आफैमा कर्मशिल हो । भगवान श्रीकृष्णले गीतामा अर्जुनलाई वताउनु भएको छ कि हे अर्जुन मेरा निमित्त तीनै लोकमा केहि पनि कर्तव्य छैन । कुनै अप्राप्त वस्तुलाई कर्म गरेर प्राप्त गर्नु छ र यि कर्म बाट नै लाग्ने छु । यो लोकको रक्षाको लागि म कर्मानुष्ठानमा लागिरहने छु भनिएको छ ।

श्रीकृष्ण भगवानले अर्जुनलाई गीतामा कर्मयोग नै सर्वश्रेष्ठ हो फलको इच्छा नराखी कर्मयोग नै तिमी गर भनेर विभिन्न तरिका बाट वताएको देखिन्छ । वास्तवमा हिन्दु धर्ममा कर्म तीन तरिकाले वताईएको छ । जसमा नित्य, नैमित्तिक र काम्य छन् । नैमित्तिक कर्ममा विशेष गरेर श्राद्दको विषय रहेको छ । श्राद्दहरु विभिन्न छन् । अहिले सबैले श्राद्द वार्षिक रुपमा गर्दै आएको वार्षिक तिथी श्राद्दलाई एकोद्दिष्ट तथा आश्विन कृष्ण पक्षमा गरिने श्राद्द लाई पार्वण श्राद्द भनिन्छ । औसी तिथीमा तथा आश्विन कृष्णपक्षमा मृत्यु भएकाको तिथी श्राद्द लाई एकपार्वण श्राद्द भनिन्छ । तर नेपालको गोकर्णेश्वर महादेव स्थान वा उत्तरगया सप्तकोशी मिलेको स्थान बेत्रावति, बराह क्षेत्रको विष्णुपादुका र भारतको पुनस् पुन गया, गयामा फल्गु, अक्षयबट, हरिद्दारमा कुसावर्त, केदारनाथमा हंशकुण्ड, बद्रिनाथमा ब्रहकपाली आदि ठाउंमा गरिने श्राद्द लाई गया श्राद्द भनिन्छ ।

काम गराउदा भनिएको छ कि “पितरो वाक्य मिच्छन्ति भाव मिच्न्ति देवता” अर्थात पितृहरु वाक्यको ईच्छा गर्दछन् । यदि वाक्य मिलेन भने श्राद्द गरेको अर्थ हुदैन । देवताहरु लाई केवल सद्दाव गरेमा मात्र पुगने गर्दछ । त्यसकारण वेदको अर्थ निकै गाहे छ । हाम्रा पुर्खाअत्री वशिष्ठदी महर्षिहरुले कठिन तपस्या बाट शुद्द गराएर अर्थ लाई बझाउन धर्मशास्त्र तथा पुराणहरु बनाएका थिए । हाम्रा कर्म पद्दति निकै उत्तम थिए र छन् । हाल मिति २०७९ साल भाद्र महिनाको २५ गतेदेखि श्राद्द सुरु भएकोले यसको महिमालाई सारमा चर्चा गरिन्छ । जसमा श्राद्द गर्ने अघिल्लो दिन कपाल मूण्डन गरेर नुहाई स्नान गरेर एक छाक (एकछक्की) खाना खाने गरिन्छ । भोलिपल्ट आफन ब्रहमण लाई बोलाएर शास्त्रनुसार श्राद्द गर्नै प्रचलन छ ।

श्राद्द गर्दा मूख्य दुई आधार लाई व्याख्या गरिन्छ । जसमा विहान उठेर स्नान गरेर गाईको पिसाव द्दार निर्मित पञ्चगव्य तयार गरेर ब्रहमणको वाक्यद्दारा श्राद्द भूमिमा शूद्द कपडामा बस्ने तथा ब्रहमनको हात पाउ धोएर शूद्दासनमा बसाल्ने । अनि कूशका पवित्र, मोटक लागायत टूक्रा तयार गरेर सुरु गर्ने । श्राद्द सुरु गर्दा सुरुमा तर्पण गरिन्छ । त्यसपछि मात्र पिण्डदानको काम गरिन्छ । यो किन तथा के को लागि हो भने ब्रहदेखि स्तम्बपर्यन्त जो सुकै पनि चराचर रहेका छन् । ति सबै मैले दिएको जलले तृप्ति प्रापत गरुन । जे सुकै वृक्ष, लता, पहाड आदि स्थावर आदि तथा देवता पशुपंक्षी आदिले एक बाट अर्का ठाउंमा हिडडुल गरेर हामीले दिएका तर्पण वा पनीले तृप्त रहुन । पितृलाई शास्त्रको विधानले श्राद्द तर्पण गर्दा तृप्तिका साथै हामीहरु जे कर्ता हो तिनको आयु, प्रजा, धन, विद्या, स्वर्ग, माक्ष तथा सुखको फलहरु प्राप्त हुने हुन्छ ।
यदि कसैले शास्त्रको विधि विधान विपरित श्राद्द तथा तर्पण गर्दछ भने पितृहरुका लागि सो पिण्ड जल मिल्दैन । श्राद्द तथा उनीहरुमा सन्तान लाई पनि श्रेय रहदैन । त्यसकारण विधि तथा विधानमा रहेर मात्र श्राद्द गर्ने काम गर्नु पर्दछ । प्रत्येक छोरा आफना आमा बाबा बाट लालन पालन भएर हुर्केका छन् । बढेर पनि शिक्षा पाउने भएकाले आफना माता पिता प्रति ऋणी रहन्छौं । शास्त्रका अनुसार छोराले यो ऋण अबश्य तिर्र्नेकाम गर्नु पर्दछ । त्यसकारण जीवित अवस्थामा आफु सषम भएपछि उसले मातापिताको अन्त्य काल सम्म प िसेवाभाव तथा भक्ति गरेर बुढेसकालमा पालनपोषण गर्ने । मृत्यु पनि पनि काजक्रिया दशगात्रादिको काम गर्ने । वर्षि बारेर एकवर्ष सम्म नित्यकर्म गर्ने । त्यसपछि मात्र हरेक वर्षका मरेको पक्ष तथा तिथिमा एकोद्दिष्ट श्राद्द तथा माहालयश्राद्द गर्ने ।

हरेक छोराबुहारीले यो आजभोलि गरिने श्राद्द अनिवार्य गर्ने । श्रद्दापुर्वक शास्का अनुसार श्राद्द गर्ने । यसरी श्राद्द नगर्ने हो भने त्यो त ओपचारिकताको लागि मात्र हुने छ यसो गर्ने काम नगर्ने । गर्दा मन, वचन तथा कर्मले आत्मदेखि नै गर्ने । यसरी श्रद्दाका साथमा गरिएको यो श्रद्दको कारण पितृहरुले पनि ग्रहण गर्दछन् । जसबाट आर्शिवाद समेत प्रदान गरेर धन, विद्या तथा सन्तान समेत प्राप्त हुन्छ । यदि यो अन्ध विश्वास मानेर श्राद्द नगर्ने हो ने त्यो छोराको घर, आंगनमा तिथिको दिन पितृहरु आउने र श्राद्द नगरेको देखेपछि लामो श्वास लिएर निरास हुदै फर्केर जान्छन् । त्यसरी पितृले लिएको लामो श्वासले छोरा बुहारीको घर तथा सन्तानमा समेत शोषण हुन्छ । जसको फलरुवरुप निसन्तान, गरिबी, ख्याउटेपन, अतृप्ति समेत हुने आधार भविष्य पुराणमा चर्चा समेत गरिएको छ । छोराले दिएको पिण्ड जल आदिमा वस्तु परलोक भएका मातापिता आदिले प्राप्त गर्दछन् । यसमा आजका मानिसको शंका तथा तर्क वितर्क एवम् अन्धविश्वास भएका तर्क पनि देखा उरेका छन् । त्यस खालका मानिसको पछाडि लागेर हामीले हाम्रो धर्म, संस्कार तथा परम्परालाई विर्सने काम तथा लत्याउने गर्न हुदैन । यस खालका भ्रमको उत्तर निर्णय सिन्धुमा, हेमाद्रिवृह धर्म शास्त्रमा हवाला दिदै यसरी चर्चा गरिएको छ ।

नामगोत्रं पितृणांतु प्रापकं हव्यकव्ययोस् ।। अग्निष्वात्तादयस्त्तेषामाधिपत्ये व्यवस्थितास् ।।१।।
नाममन्त्रास्तदादेशाभवान्तरगतानपि ।। प्राणिनस् प्रीणयन्त्येव तदाहारत्वमागतान् ।। २।।
देवोयदिपिताजातस् शुभकर्माऽनु योगतस् ।। तस्यान्नममृतं भूत्वा देवत्वेऽप्यनुगच्छति ।। ३।।
गान्धर्वे भोगरुपेण पशुत्वे च तृणं भवेत ।। श्राद्दान्नं वायुरुपेण नागत्वेऽप्यनु गच्छति ।। ४।।
पानंभवतियक्षत्वेराक्षसत्वे तथाऽऽमिषम ।। दनुजत्वे तथा मद्यं प्रेतत्वे रुधिरोदकम् ।। ५।।
मनुष्यत्वेऽन्नपानादि नाना भोगरं भवेत् ।

यसको अर्थ हो, नामगोत्र मन्त्र आदिलेको सहाराले परलोकमा पुत्रादिले श्रद्दा भक्ति विश्वास पुर्वक अर्पण गरेका हव्यकव्य आदि अग्निषवाता आदि पितृदेवताले व्यवस्था गरी जे जे लोकमा जे जे योीनमा प्राप्त भएपनि सोही खान हुने गरेर वस्तुा परिणत प्राप्त गराएर पितृहरु लाई तृप्ति गराई दिन्छन् । ताकि आफुले गरेको शुभ कर्मको पुण्यले पितादेवको यानिमा रहन्छ । दिएको वस्तु, चिज तथा अन्न आदि अमृतरुपमा परिणत हुन्छन् । गन्धर्व यानिमा प्राप्त भएको भए वस्तुमा परिणत हुन्छ । पशुयानिमा गएको भए उत्तमघांस हुन्छ । नागयोृनिमा भए वायु रुपमा परिणत रहन्छ । पक्षयोनिमा भए पानको पातमा परिणत रहन्छ । राक्षस योनिमा भए आमिष वस्तु रहन्छ । यदि मनुष्य यानीमा भए नाना प्रकारका अन्नपानादिमा रहन्छ । जसको कारण माता पिताले उपभोग गर्न पाउदछन् । तयसकारण राक्षसी प्रवृतिको व्यवहार देखाउने काम गर्न हुदैन ।

यसरी श्रद्दापूर्वक श्राद्दको काम गर्न राम्रो मानिन्छ । यसको कारण पितृ तथा कर्ता एवम् छोराबुहारी सबैको कल्याण हुन्छ । देवता लाई भाव भए हुन्छ तर पितृलाई शुद्द मन्त्र तथा वाक्य चाहिन्छ । त्यसकारण शुद्द मन्त्र उच्चारण सहित श्राद्द गर्ने । श्राद्दमा छोरीको छोरा वा भान्जाप्रतिको श्रद्दा लाई निकै महत्व मानिन्छ । श्राद्दको दिनमा भान्जा लाई अनिवार्य बोलाउने काम गर्ने । एक वर्षमा पर्ने यो कर्म पितृको समरण तथा सम्झना राखेर तर्पण, पिण्डदान, ब्रहमण भोजन गराउने काम भएन भने छोर भएर पैतृक सम्पति खाउको पनि अर्थ रहदैन । जन्मेको पनि त सार छैन । लोभ, मोह, क्रोध बाट टाढा रहेर हामीले श्रद्दाका साथ यस कर्मको पालन गरौं । तर यसका नाममा विकृति तथा विसंगति फैलाउने देखि सावधान रहौं । यो सालमा प्रतिपदा तिथि नभएको वा पूर्णिमा र प्रतिपदा एकै दिन परेकाले सोहिदिन लाई केन्द्रिकृत गरेर आआफना पितृको श्रनद्द गर्ने तिथि के हो सोहि अनुसार कर्म गर्न अनुरोध समेत गर्दछु ।

निष्कर्षमा चर्चा गर्दा समस्त मानव जगतका ॐ कार परिवारका पितृहरुले यो समयमा तपाई हाम्रो कल्याण गरुन यहि मनोकामनाका साथ यो महिमाको चर्चा गरिएको छ । हामी सबैको कल्याण होस । हाम्रो रक्षा होस । हाम्रो समाज त्यति अगाडी बढेको छैन । श्राद्द भूमिमा आफन्त, ईष्ट, मित्र, भाईभारद्दार, भान्जा लगायत गुरु, पुरोहित तथा ब्रहमण भोजन नगराएर गरिएको श्राद्दको कुनै फल प्राप्त हुदैन । त्यसकारण यो हवालामा नलाग्न पनि अनुरोध गर्दछु । बरु यो महामारकिो बेला श्राद्द गर्ने ईच्छा छैन वा डर लाग्दछ भने पछि पर्ने तिथिको एकोद्दिष्ट श्राद्द गर्न पनि सकिन्छ । यसको धेरै आधार भएकाले आत्तिने अवस्था छैन । नत्रभने एक ब्रहमण अनि एक कर्ता भए हुन्छ । ॐ पितृमोक्षदाय नमस्, नमोनारायणा अस्तु !

लेखक : मध्येपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख तथा वैद्दिक धर्मपरिषद नेपाल बाँके जिल्ला सचिव हुन् ।