कोहलपुरमा १ सय ४८ जनालाई झुल वितरण




कोहलपुर । कोहलपुर नगरपालिका वडा नम्बर १ मा एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान स्वरूप झुल वितरण गरिएको छ ।

मंगलबार एक औपचारीक कार्यक्रम गरी एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई १ सय ४८ पिस झुल वितरण गरिएको हो ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका सामाजिक विकास संयोजक ईश्वरी बिक प्रमुख अतिथि तथा कार्यक्रम वडा अध्यक्ष बद्रिनाथ जैसीको अध्यक्षतामा झुल वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिकले समाजका पछाडि पारिएका वर्गलाई सम्मान र सहयोग गर्नु स्थानीय सरकारको दायित्व भएको बताए । यस्ता कार्यक्रमले एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको मनोबल बढाउने र राज्यप्रतिको विश्वास मजबुत बनाउने धारणा व्यक्त गरे ।

यस्तै वडा अध्यक्ष जैसीले वडा कार्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न लक्षित वर्गका लागि समय–समयमा सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए । आगामी दिनमा पनि एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न परिवारलाई प्राथमिकतामा राखेर योजना सञ्चालन गरिरहेको बताए ।

सो कार्यक्रममा वडा सदस्य र वडा सचिव लगायत स्थानियहरुको उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ वैशाख १६ गते बुधबार