शिवध्वज शाही, कोहलपुर ।
विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव एवम् प्रमुख अतिथि समेत रहेका प्रा.डा. ज्ञान बहादुर थापाले आफु नियुक्ति भएको दुई महिना मात्र भएको र भोलिको दिनमा आफुपनि पढाउन नै जानुपर्ने भएकाले प्राध्यापक कर्मचारीको स्तरउन्नति र वृतिविकास गराउनु पर्नेमा जोड दिए । समय समयमा प्राध्यापक कर्मचारीहरुको स्थायी, बढुवा अनिवार्य भएकोले विश्वविद्यालयका पदाधिकारीहरुले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने धारणा व्यक्त गरे । क्याम्पस लाई यथासक्य QAA को यात्रामा छिटो लाग्न समेत निर्देशन गरे । भौतिक पुर्वाधार लाई लामो समय हुनेगरी तयार गर्नुपर्नेमा जोड दिए ।

अबका भवनहरु अन्डरग्राउन्ड पार्किङ सहित बनाउने योजना ल्याएर आए विश्वविद्यालय अनुदान आयोगबाट सहयोग गर्ने प्रतिवद्द्ता व्यक्त गरे । नेपालका १९ विश्वविद्यालय र १७०० बढी क्याम्पसको अभिभावक भएकाले सबैतिर आफ्नो ध्यानाकर्षण हुने जानकारी दिए । विश्वविद्यालय अनुदान आयोगमा चाप बढी भएको धारणा व्यक्त गर्दै भएका उद्देश्य लाई पूरागर्न र गराउन निर्देशन दिए । युवा पलायनको वातावरण अन्त्यगर्न आधुनिक र प्राविधिक अनि व्यवसायी शिक्षामा जोड दिएर नयाँ पाठ्यक्रमको निर्माण गर्नुपर्नेमा जोडदिए। विश्वविद्यालय परिवर्तनको संवाहक प्राध्यापक र कर्मचारीको हुनुपर्नेमा समेत जोड दिए ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुव कुमार गौतमले विश्वविद्यालयमा मात्र समस्या नभई देशमा नै रहेकाले सबैले आ आफ्नो जिम्मेवारीको काममा लाग्न निर्देशन दिए । कुनैपनी नीति र विधिमा रहेर मात्र आफुले कामगर्दै आएकोले सबै सरोकारवाला निकायहरुले सोही अनुसार काम गर्नुपर्नेमा जोडदिए । विश्वविद्यालयको कानुन, ईन्जिनियरिङ र विज्ञान संकायमा व्यापक परिवर्तन सहित प्रगति हुँदै आएकोले अन्य संकायहरुमा पनि पछिल्लो समय सुधारमुलक प्रगति भएको जानकारी । अहिले मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापकहरुले अन्य विश्वविद्यालयका प्राध्यापकहरु लाई क्यापासिटी बिल्डिङको तालिम दिने अवसर प्राप्तगर्नु चानचुने नभई प्रगति उन्मुख भएको समेत जानकारी गराए ।

पछिल्लो समयमा निजामती, वैङकिग क्षेत्रमा कामगर्दै आएकाहरु पनि विश्वविद्यालयमा प्राध्यापन गर्न ईच्छुक रहेको जानकारी दिए । उनले अहिले मध्यपश्चिम विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहको पाठ्यक्रम पुर्णरुपमा परिवर्तन गरेकोमा खुसी समेत व्यक्त गरे । गौतमले सबै सरोकारवाला निकायहरु लाई शैक्षिक कार्यमा लाग्न निर्देशन दिदै प्राध्यापकहरु झन बढी शैक्षिक ड्युटीमा लाग्नुपर्नेमा जोड दिए । उनले प्राध्यापकहरु अन्तर्राष्ट्रिय कन्फेन्समा भागलिनु पर्नेमा जोड दिएका छ्न ।

उनले आफू २०४६/०४७ सालतिर रुकुम पश्चिमको सिम्रुतुको प्रस्तावित माध्यमिक विद्यालयमा पढाएको अनुभव सुनाउंदै आफुले गरेको मेहनतको फलस्वरूप आज विश्वविद्यालयको महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेको उदाहरण दिदै विश्वविद्यालयमा कार्यरत हरेक प्राध्यापकले पनि आफुलाई सोही अनुसारको परिवर्तन गराउनुपर्नेमा जोडदिए ।

उपकुलपतिले विश्वविद्यालयले गाउँ समाजमा आधुनिक शिक्षा प्रदान गरिरहेको जानकारी जनसमुदाय लाई दिनुपर्नेमा जोड दिए । क्याम्पसले समुदायका स्थानीय पालिका प्रदेश सरकारसंग पनि सहकार्य गरेर अगाबढ्न क्याम्पस प्रशासन लाई समेत निर्देशन दिए । विश्वविद्यालय आफैमा नयाँ नयाँ कार्यक्रमका पाठ्यक्रम निर्माण गरि लागू गर्न स्वायत्त भएकोले वागेश्वरी क्याम्पस लाई पनि विश्वविद्यालयको हव बनाउन सकिने सम्भावना रहेको जानकारी गराए । वागेश्वरी बहुमुखी क्याम्पस विश्वविद्यालयको हव हुनसक्ने उनको भनाइ थियो ।

उनले वागेश्वरी बहुमुखी क्याम्पस हरेक दृस्टिकोणबाट पायक र सुविधायुक्त स्थानमा रहेकाले त्यो तर्फ उन्मुख हुन प्राध्यापक कर्मचारी लाई उत्पेरित गरे । कोहलपुर शैक्षिक हव भएकाले सबैले आ आफ्नो तर्फबाट काम गर्न पनि निर्देशन दिए । उनले उच्चशिक्षाको लागि वागेश्वरी क्याम्पस हव नै भएकाले नियमित र हौसलापुर्ण तरिकाबाट काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका विशिस्ट अतिथि एवम् मध्यपश्चिम विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. शोभाखर कडेल केन्द्रिय क्याम्पसको जस्तै आंगिक क्याम्पसहरु लाई पनि सुविधायुक्त बनाउने कार्यमा लागिरहेको जानकारी दिव । पछिल्लो समयमा विश्वविद्यालय अनुदान आयोगसंग आग्रह गरि भौतिक पुर्वाधार निर्माणमा जोड दिने उद्देश्यले अगाडी बढेको जानकारी गराए । उनले विश्वविद्यालयको नितिनियम र कानुन अनुसार नै प्राध्यापक कर्मचारीको सेवासुविधा एवम् पेशागत सुरक्षा प्रदानगर्ने विश्वविद्यालयको लक्ष्य रहेको जानकारी दिए ।

। विज्ञान ल्यावको प्रयोग र निर्माण, स्मार्टबोर्डको प्रयोग गरेर आधुनिक कक्षा शिक्षणमा समेत जोडदिदै व्यवस्थित कक्षाकोठामा मात्र पठनपाठन गर्नुपर्ने आवश्यकता रहेको वताए । उनले अबको दिनमा विश्वविद्यालयले आंगिक क्याम्पसका भौतिक पुर्वाधार निर्माणमा लाग्ने प्रतिवद्द्ता व्यक्त गरे ।

ग्र्याजुएट स्कुल अफ ईन्जिनियरका डिन सह प्राध्यापक डा. राजन सुवालले पुर्वाधार निर्माणको लागि भवन पांचतलाको आवश्यक भएकोले अवका दिनमा क्याम्पसले त्यो वातावरण तयार गर्नुपर्नेमा जोड दिए । उनले वागेश्वरी क्याम्पसमा केही नयाँ भवन बनाउन सम्भावना रहेको जानकारी दिए ।

कार्यक्रमम योजना विकास तथा अनुगमन निर्देशनालयका निर्देशक डा विस्णु कुमार खडका, अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका निर्देशक डा. यदु ज्ञवाली, केन्द्रिय क्याम्पस ग्य्राजुएट स्कुल अफ म्यानेजमेन्टका विभागीय प्रमुख उपप्राध्यापक खेम रावतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वागेश्वरी बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख सह प्राध्यापक खगराज पन्त, रमेशचन्द्र अधिकारी, ध्रुव कुमार अधिकारी, शिशिर कुमार शर्मा, विभागीय प्रमुखहरु ज्ञानेन्द्र शाही, जीवन सिह राठौर, प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष एकराज शर्मा, प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष अनुप शाही, नेपाल रास्टृय प्राध्यापक संगठनका अध्यक्ष जयकृष्ण न्यौपाने लगायत प्राध्यापक एवम् कर्मचारीहरुको उपस्थिति रहेको रहेको थियो ।

क्याम्पस प्रमुख दान बहादुर हमालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव, उपकुलपति र रजिस्ट्रार लगायतको टिमले क्याम्पसको सम्पूर्ण भौतिक पुर्वाधारको अनुगमन, निरीक्षण र अवलोकन गरेको थियो । साथै उनीहरुले क्याम्पसमा सुरु भएको सप्ताहव्यापी खेलको समेत अवलोकन गरेका थिए । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुव कुमार गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण डा. खोपिराम वलि क्षेत्रीले गरेको उपप्राध्यापक एकराज शर्माले जानकारी दिए ।




कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्