Kohalpur Today Header Ads

७ करोडको लगानीमा कोहलपुर र बैजनाथ जोड्ने पुल बन्दै




कोहलपुर ।

७ करोडको लगानीमा कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाको संगम स्थल पेडारीमा पक्की पुल बन्ने भएको छ । शुक्रबार कोहलपुर र बैजनाथका जनप्रतिनिधिहरुले संयुक्त रुपमा पक्की पुलको शिलान्यास गरेका हुन् ।

कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्य, कोहलपुर नगरपालिका वडा नं. १५ का वडा अध्यक्ष दिपेन्द्र कुमार चौधरी, १४ का नम बहादुर आले, ८ का वडा अध्यक्ष लाल बहादुर राना, बैजनाथ गाउँपालिका ७ वडाका दिनेश थारु र ५ का देव बहादुर रावतले संयुक्त रुपमा पुलको शिलान्यास गरेका हुन् ।

LIfe Ok

कोहलपुर वडा नं. १५ र बैजनाथ ५ र ७ वडाबासीलाई लामोसमयदेखि आवातजावतमा निकै समस्या भोग्नु परेको थियो । वर्खाको समयमा बालबालिकाहरु पढ्न नपाउने, खेती किसान गरेका किसानहरुले आफूले लगाएको बाली समेत लिन नपाउने लगायत विभिन्न सास्ती भोग्नु परेको थियो ।

स्थानिय बासिका अनुसार धेरै पहल गरीयो तर सुनुवाई भएन, चुनावमा भोट माग्दा समेत पुल बनाउने पहिलो प्राथमिकता राखिएता पनि पुल बन्न सकेको थिएन् ।  कोहलपुर नगरपालिकाका र बैजनाथ गाउँपालिका जनप्रतिनिधिहरुको पहलकदमीमा पुल बन्न लाग्दा यहाँका बासीन्दाहरु निकै खुसी भएका छन ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण आचार्यले यहाँका जनतासंग भोट माग्दा यो पुल बनाउने बाचा दिएर जानुभएको थियो अहिले त्यो पुरा हुने भएकोले हामी निकै खुसी भएका छौ उनी बताउँछन् ।

यस्तै कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले आफ्ले प्रतिबद्धता गरे अनुसारको कामको सुरुवात भएकोमा खुसी व्यक्त गदै पुल निर्माणका लागि संघ सरकारले बजेटको प्रबन्ध गरिदिएकोमा संघ सरकारलाई धन्यवाद समेत दिए । यो पुल निमार्ण पश्चात कोहलपुर र बैजनाथमा ग्रामिण भेगका बासिन्दाहरु लाभान्वित हुने भएपछि आफू निकै खुसी भएको बताए ।

इलाइट कन्ट्रक्सन कम्पनीले असार मसान्त भित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । देशभरी ८ वटा पुल बनाउनु पर्ने र त्यसमा कोहलपुर र बैजनाथमा दुई वटा पुल बनाउनुपर्ने कम्पनीको भनाई छ ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असोज ४ गते शुक्रबार