पोखरामा साढे २ करोडको फूल बिक्री हुने




कास्की ।
तिहारका अवसरमा पोखरामा मात्रै दुई करोड ५० लाख रुपियाँको फूल तथा माला बिक्री हुने अनुमान गरिएको छ ।

फ्लोरिकल्चर एसोसियसन, कास्कीका अनुसार यो पटक तिहारलाई लक्षित गरेर दुई लाख फूलका बेर्ना रोपिएको छ ।

फ्लोरिकल्चर एसोसियसन, कास्कीका पूर्वअध्यक्ष दयाकुमार द्वाले तिहारमा बढी फूल बिक्री हुँदा फूलको उत्पादनलाई बढाएको बताउनुभयो । “हरेक कार्यक्रममा फूलको मालाको प्रयोग हुन्छ । तिहारमा फूलको व्यापार राम्रो हुन्छ,” उहाँले भन्नुभयो । तर, कास्की फूलमा आत्मनिर्भर भने छैन । यहाँ लमजुङ, स्याङ्जा, गोरखादेखि फूल आउने गरेको छ ।

द्वाकाअनुसार गण्डकी प्रदेशमा ४८ जनाले फूलको व्यवसाय गरेका छन् । व्यवसायीलाई सम्बन्धित निकायले नहेरिदिँदा समस्या परेको उहाँको गुनासो छ । पुष्प नीति र कार्यक्रम भए पनि सरकारले यसलाई प्राथमिकतामा नराख्दा फूल खेती फस्टाउन नसकेको उहाँले बताउनुभयो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक ६ गते आइतबार