Kohalpur Today Header Ads

सशस्त्र प्रहरीले नब्बे लाखको चिनी बरामद




नवलपरासी ।
(बर्दघाट सुस्तापश्चिम)मा सशस्त्र प्रहरीले चिनी बरामद गरेको छ । भारतबाट नवलपरासीका सीमानाका हुँदै राजस्व छली गरी दैनिक रूपमा चिनी भित्रिने गरेको गुनासो बढेका बेला सशस्त्र प्रहरीले बुधबार रामग्राम नगरपालिका र प्रतापपुर गाउँपालिका क्षेत्रबाट ९० लाख रुपियाँको अवैध चिनी बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल हरपुर बीओपी र महेशपुर भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले बुधबार बिहान प्रतापपुर गाउँपालिका–२ बाट ना. ६ ख २१९७ नं. को ट्रकमा रहेको ४२० बोरा (२१ हजार केजी) र रामग्राम नगरपालिका–५ स्थित परासी–भैरहवा हुलाकी मार्गबाट लु. १ ख ९८७१ नं. को ट्रकमा रहेको ४२० बोरा (२१ हजार केजी) गरी ४२ हजार केजी चिनी बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण बेलाशपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रूपकुमार क्षेत्रीले राससलाई जानकारी दिनुभयो । चिनीसँगैै ओसारपसारमा संलग्न दुईवटै ट्रकसमेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार चलान गरिएको उहाँले बताउनुभयो ।

LIfe Ok

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक ३ गते बिहीबार