५ वटा पालिकामा कृषक सञ्जाल गठन : राप्तीसोनारीमा सञ्जालको अध्यक्षमा चौधरी




राप्तीसोनारी ।

व्यवसायिक कृषक सञ्जाल नेपाल राप्तीसोनारी गाउँपालिकाको राजु चौधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन भएको छ ।

मंगलबार पालिका स्तरीय कृषक सञ्जालले आयोजना गरेको भेलाबाट सञ्जालको उपाध्यक्षमा भीमकुमारी विष्ट, सचिवमा वीरेन्द्र कुमार थारु र कोषाध्यक्षमा प्यारी थारु रहेका छन् ।

त्यस्तै सदस्यहरुमा सुशिला कुमारी थारु, लाल बहादुर बस्नेत, कृष्ण बहादुर थारु, खिम बहादुर आले, दयाराम थारु, सर्जु प्रसाद थारु र दयाराम उपाध्याय रहेका छन् ।

व्यवसायिक कृषक सञ्जाल नेपालले बाँकेको राप्तीसोनारी गाउँपालिकामा पनि आफ्नो सञ्जाल विस्तार गरेको छ । पालिका स्तरीय कृषकहरुको वृहद भेलाले कृषक सञ्जाल, राप्तीसोनारी गठन गरेको छ ।

कृषि उत्पादनबाट नेपाललाई समृद्धि बनाउन किसानका समस्याहरुको पहिचान गर्न, सरोकारवाला निकायबीच समन्वय र पैरवी गर्दै अगाडि बढ्ने क्रममा कृषक सञ्जाल गठन गरिएको संस्थाका अध्यक्ष शेषकान्त शर्माले बताए ।

सञ्जालका अध्यक्ष शेषकान्त शर्माको अध्यक्षतामा गरिएको किसानसंग अन्तक्रिया कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल प्रमुख अतिथि रहेका थिए ।

पौडेलले पालिकाका कृषिको प्रचुर सम्भावना रहेको र त्यसलाई प्राप्त गर्न सञ्जालसंग सहकार्य गर्न आँफू तत्पर रहेको बताए । किसानहरु सधै मारमा पर्ने कुरा जानकारी गराउँदै अवदेखि किसानका समस्याको समाधान गर्न तयार रहेको बताए ।

यस्तै राप्तीसोनारी गाउँपालिकाका आर्थिक विकास संयोजक मीन कुमार चौधरीले आगामी दिनहरुमा कृषि सम्बन्धी योजना बनाउँदा किसान सञ्जालले उठाएका समस्यालाई केन्द्रमा राखी योजना बनाउने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै राप्तीसोनारीका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले किसानहरु परम्परागत खेतिमा सीमित नभएर व्यवसायिक बन्नुपर्ने बताए । कार्यक्रममा कृषि विकाश शाखा प्रमुख चन्दा कुमारी शाही, पशु विकाश शाखा प्रमुख जय बहादुर कार्की र किसान एवम् किसानसँग सम्बन्धित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

नवनिर्वाचित समिति सदस्यहरुलाई सञ्जालका अध्यक्ष शेषकान्त शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए भने राप्ती सोनारी गाउँपालिकाका आर्थिक विकास संयोजक मीन कुमार चौधरीले नवनिर्वाचित पदाधिकारीलाई अवीर लगाई शुभकामना व्यक्त गरेका थिए ।

यो पनि हेर्नुहोस् ।

खजुरामा पनि कृषक सञ्जाल गठन

दुर्गा हमालको नेतृत्वमा कोहलपुरमा व्यवसायिक कृषि सञ्जाल गठन

व्यवसायिक कृषक सञ्जाल जानकीको अध्यक्षमा यादव

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ मंसिर १८ गते मंगलबार