खजुरामा पनि कृषक सञ्जाल गठन




खजुरा । व्यवसायिक कृषक सञ्जाल नेपालले आफ्ना उद्धेश्य अनुरुप बाँके जिल्लाको खजुरा गाउँपालिकामा पनि पालिका स्तरीय व्यवसायिक कृषक सञ्जाल गठन गरेको छ ।

कृषि उत्पादनबाट नेपाललाई समृद्धि बनाउन किसानका समस्याहरुको पहिचान गर्न, सरोकारवाला निकायबीच समन्वय र पैरवी गर्दै अगाडि बढ्ने क्रममा कृषक सञ्जाल गठन गरिएको संस्थाका उपाध्यक्ष शारदा शर्माले बताए ।

यस्तै सञ्जालका अध्यक्ष शेषकान्त शर्माको अध्यक्षतामा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकको प्रमुख अतिथ्यतामा किसानसंग अन्तरक्रिया कार्यक्रम गरी सञ्जाल गठन भएको हो ।

पालिका अध्यक्ष विकले किसानको पक्षमा धेरै निर्णयहरु भएको र स्थानीय सरकार किसानसंग मिलेर काम गर्न तयार भएको प्रतिवद्धता जनाएका थिए ।

ठूलो संख्यामा कृषकहरुको सहभागिता रहेपनि पशु विकास शाखा प्रमुख भने उपस्थित थिएनन् । इसरथ अली दर्जीको अध्यक्षतामा किसानहरुको भेलाले १३ सदस्यीय पालिका स्तरीय व्यवसायिक कृषक सञ्जाल गठन भएको हो ।

यस्तै उपाध्यक्षमा ललिता चौधरी, सचिवमा कमला कुमारी अर्याल र कोषाध्यक्षमा कृष्ण बहादुर थापा रहेका छन् ।

यस्तै सदस्यहरुमा वीरेन्द्र प्रसाद मुराऊ, मोहनलाल यादव, मोति धोवी, पूजा थापा मगर, जैकाव यादव, अमृता आचार्य, फत्तेकुमारी जैशी, धनीराम यादव र दाताराम पौडेल रहेका छन् ।

नवनिर्वाचित समिति सदस्यहरुलाई सञ्जालका अध्यक्ष शेषकान्त शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराका थिए भने खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले नवनिवाचित पदाधिकारीलाई अवीर लगाई शुभकामना व्यक्त गरेकी थिइन् ।

त्यस्तै कार्यक्रममा वडा नं. २ का अध्यक्ष धनीराम वली, कृषि शाखा प्रमुख भगवती खड्का लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २०८१ मंसिर १७ गते सोमबार