दुर्गा हमालको नेतृत्वमा कोहलपुरमा व्यवसायिक कृषि सञ्जाल गठन




कोहलपुर ।

बहुसंख्यक किसानको हकहितमा बहस र पैरवी गर्दै आइरहेको किसानहरुको संगठन व्यवसायिक कृषक संजाल, नेपालले आफ्ना गतिविधिहरु तीव्र रुपमा सञ्चालन गरिरहेको छ ।

किसानको घरदैलोमा पुगि उनीहरुका समस्या बुझ्ने र समाधानका लागि अग्रसर रहेको सञ्जालले कोहलपुर नगरपालिकामा पनि आफ्नो संगठन विस्तार गरेको छ ।

कोहलपुरका १५ वटै वडाका करिब ३ सय ५० जनाको सहभागितामा भएको कार्यक्रममा कोहलपुर नगरपालिकाकी कार्यवहाक नगर प्रमुख संगिता सुवेदीको प्रमुख अतिथि तथा संस्थाका अध्यक्ष शेषकान्त शर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै कार्यवहाक नगर प्रमुख सुवेदीले किसानका समस्या समाधान गर्न आफूले हरदम प्रयास गरिरहेको र आउँदा दिनमा पनि किसान हकहितको लागि कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता गरेकी थिइन् ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका आर्थिक विकास संयोजक अनिता विसी, कृषि शाखा प्रमुख चन्द्र बहादुर बुढा, पशु विकास शाखा प्रमुख गोविन्द रोकाय लगायत अन्य अतिथिको बाख्लो उपस्थिति रहेको थियो ।

यस्तै व्यवसायिक कृषि सञ्जाल कोहलपुरको अध्यक्षमा दुर्गा हमालको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दरीकला महरा, सचिवमा किसन थारु, कोषाध्यक्षमा रुपा थारु रहेका छन् ।

यस्तै सदस्यहरुमा उपेन्द्र बुढाथोकी, हिरे बुढाथोकी, थल बहादुर खड्का, बारीलाल गडरीया, संझना थारु, रमेश खत्री र दामेदर भण्डारी रहेका छन् ।

प्रकाशित मिति : २०८१ मंसिर १७ गते सोमबार