जानकी ।
बाँकेको जानकी गाउँपालिमा व्यवसायिक कृषक सञ्जाल नेपाल बाँकेले जानकीमा सञ्जाल गठन गरेको छ ।
बिहिबार व्यवसायिक कृषक सञ्जाल नेपाल बाँकेका अध्यक्ष शेषकान्त शर्माको अध्यक्षतामा भएको भएको भेलाबाट मिश्रीलाल यादवको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्षमा तेजा वली, सचिवमा सघुदत्त अलि वागवा र कोषाध्यक्षमा कल्हैलाल वर्मा चयन भएका छन् । सदस्यमा माता प्रसाद यादव, बराति हरिजन, रामेस हरिजन्, कुल बहादुर थापा चयन भएका हुन् ।
यस्तै कार्यक्रमको सभाध्यक्ष तथा व्यवसायिक कृषक सञ्जाल नेपाल बाँकेका अध्यक्ष शेषकान्त शर्माले कृषि व्यवसायमा लागेका किसानको हक हीतको लागि यो सञ्जालले कार्य गर्दै आएको पाँच वर्ष भएको बताए ।
किसानका हक हीतमा विभिन्न अभियान सञ्चालन गर्दै आएको सञ्जालले जानकी गाउँपालिकामा आफ्नो संगठन विस्तार गरेको बताए । अध्यक्ष शर्माले किसानहरुलाई सञ्जालमा जोडिन आग्रह समेत गरेका छन् ।
यस्तै कार्यक्रमका प्रमुुख अतिथि तथा जानकी गाउँपालिकाका अध्यक्ष छब्बा खाँले किसानहरुलाई व्यवसायिक रुपमा लैजान यो संस्थाले काम गर्नुपर्नेमा जोड दिएका थिए ।
अध्यक्ष खाँले किसानका समस्याको बारेमा लेखिएको कार्यपत्रमा भएका विषयहरुलाई गम्भिर भएर लाग्नुपर्ने र यसलाई पालिकामा कमिटि निर्माण गरी व्यवसायको हकहितका लागि काम गर्नुपर्ने उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्