कोहलपुर ।
कोहलपुर नगरपालिका-१० मा अवस्थित जीवन ज्योति स्कुल निजी विद्यालयहरूको छाता संगठन प्याब्सन आवद्ध भएकाे छ ।
प्याब्सनको बाँकेका अध्यक्ष यम रावतले विद्यालयले निजी विद्यालयहरूको मापदण्ड पूरा गर्दै शैक्षिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
प्याब्सन बाँकेमा आवद्ध जीवन ज्योति स्कुलको सदस्यता प्राप्तिले निजी विद्यालयहरूको संगठित गतिविधिमा थप सशक्तता आएको र शैक्षिक विकासमा नयाँ आयाम थपिएको प्याब्सनका अध्यक्ष रावतले बताए। प्याब्सनमार्फत विद्यालयले शिक्षामा गुणस्तर अभिवृद्धि, विद्यार्थीका हक अधिकार र शैक्षिक गतिविधिको स्तर उकास्न थप अवसर पाउने विश्वास गरिएको छ।
जीवन ज्योति स्कुलको बाँके जिल्लामा छोटो समयमा नै स्थापना भए पनि यसले २०८०/८१ को कक्षा ८ र एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याएर आफ्नो शैक्षिक उत्कृष्टता प्रमाणित गरेको छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्