Kohalpur Today Header Ads

बागलुङमा ५ वर्षको बालक सहित पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु




बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार निसीखोला गाउँपालिका( ३ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो ।

घरमाथिबाट अकस्मात खसेको पहिरोले घर पुरिँदा ३९ वर्षीया श्यामकुमारी विक, उनका छोराहरू १२ वर्षका मनोज विक, ९ वर्षका मुकेश विक र ५ वर्षका निसन विक रहेको प्रहरीले जनाएको छ । गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरका अनुसार आज बिहान ४/५ बजेको समयमा घरमाथिबाट खसेको पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको हो ।

LIfe Ok

सोही वडाको एङवेङमा जंगबहादुर खड्काको बाख्राको खोर पहिरोमा परेको छ । उनका अनुसार खोरमा २५ वटा बाख्रा रहेकोमा ८ वटालाई पहिरोले बगाएको छ ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असोज ११ गते आइतबार