विद्यालय सुरक्षा र विपद् तयारीबारे विपद फोकल शिक्षकहरुलाई प्रशिक्षण




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा रहेका सामुदायिक विद्यालयका विपद फोकल शिक्षकहरुलाई विद्यालय सुरक्षा सम्बन्धी दुईदिने कार्यक्रम सुरु भएको छ । सोमबार कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी विश्वकर्माको प्रमुख अतिथ्यतामा कार्यक्रम सुरु भएको थियो ।

विद्यालयहरूमा विपद् जोखिम न्यूनीकरण तथा सुरक्षित शैक्षिक वातावरण निर्माणमा सहयोग पु¥याउने लक्ष्यका साथ कार्यक्रम सुरु गरिएको सामाजिक विकास समिति संयोजक ईश्वरी विश्वकर्माले जानकार दिए ।

कार्यक्रमको पहिलो दिन सहभागीहरूलाई विद्यालय सुरक्षा अवधारणा, जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, हरित विद्यालय तथा विद्यालय सुरक्षासम्बन्धी नीति व्यवस्थाबारे जानकारी गराईएको प्रशिक्षक रुपन ज्ञावलीले जानकारी दिए । ज्ञवालीका अनुसार विद्यालय सुरक्षा मूल्याङ्कनका विधि, उपकरण तथा जोखिम पहिचानसम्बन्धी अभ्यास समेत गराइएको बताए ।

प्रमुख प्रशिक्षकहरुका रुपमा रुपन ज्ञवाली, राजु अधिकारी, शिशिर गुरुङ, पुष्पराज शाहीलगायत प्रशिक्षकहरूले सहजीकरण गरेका थिए ।
विद्यालयहरूलाई विपद् प्रतिरोधी र सुरक्षित बनाउने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमले शिक्षक तथा विद्यालय व्यवस्थापन पक्षको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको नगर प्रहरी प्रमुख विर बहादुर थापाले बताए ।

सामुदायिक विद्यालयका विपद फोकल शिक्षकहरुलाई विद्यालय सुरक्षा सम्बन्धी कार्यक्रम आज (मंगलबार) समापन हुने छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ जेठ १९ गते मंगलबार