नेपाल आगामी वर्ष मलेसियमा हुने आइसीसी यू- १९ टी- २० क्रिकेट विश्वकपमा छनोट भएको छ।
बुधबार भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक यू- १९ महिला विश्वकपमा छनोट भएको हो।
खेलमा युएईले दिएकाे ८४ रनकाे लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्याे। जितमा नेपालकी साना प्रविनले ३१, कप्तान पूजा महताेले २१ र साेनी पख्रिनले १३ रन प्रहार गरिन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन प्रहार गरेकाे थियाे।
राउण्ड राेविनमा सञ्चालन भएकाे खेलमा समान ६-६ खेलमा नेपाल र युएईले समान १०-१० अंक बटुलेका थिए। जसमा नेपाल रनरेटका आधारमा विश्वकपमा छनाेट हुन सफल भयाे।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्