
कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरमा पहिलो पटक महिला प्रहरी आउन लागेकी छिन् ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग नक्साल काठमाण्डौंले बैशाख १० (बुधबार) सूचना जारी गर्दै कोहलपुरमा पहिलो पटक महिला प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी खनाल आउन लागेकी हुन् ।
प्रहरी प्रधान कार्यालयले १ सय २१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवासंगै कोहलपुरका धर्मराज भण्डारीको पनि सरुवा भएको छ ।
डिएसपी खनाल नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्ष नक्साल काठमाण्डौंमा कार्यरत थिइन् । उनी रुपन्देही जन्मिएकी उनले आफ्नो परिवार नै हरेक सफलता ठान्छिन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्