कोहलपुर । कोहलपुर रेसिङ सहारा क्लबका सचिव नवकिरण शाहले सचिव पदबाट राजीनामा दिएका छन् । शाहले सोमबार क्लबका अध्यक्ष चक्र चिमाला क्षेत्रीलाई सम्बोधन गर्दै लिखित राजीनामा पत्र बुझाएका हुन् ।
राजीनामा पत्रमा शाहले आफू विगत ५ वर्षदेखि क्लबको सचिव पदमा रही काम गर्दै आएको उल्लेख गरेका छन् । विधि, विधान तथा ऐन–कानुनलाई सम्मान गर्दै क्लबमा जिम्मेवारी निर्वाह गरेको बताउँदै उनले आफ्नो कार्यावधि समाप्त भएपछि सचिव पदसँगै क्लबको सदस्यतासमेत नरहने व्यवस्था अनुसार राजीनामा दिएको जनाएका छन् ।
उनले २०८३ साल भदौ १५ गते सोमबारदेखि लागू हुने गरी सचिव पदबाट राजीनामा दिएको पत्रमार्फत जानकारी गराएका छन् । क्लब नेतृत्वलाई बुझाइएको राजीनामा पत्रमा भनिएको छ, आज मिति २०८३/०५/१५ गते सोमबारदेखि नै मेरो पद (सचिव) बाट राजीनामा दिएको यसै निवेदनमार्फत जानकारी गराएको छु ।’
उनले क्लबमा सचिवका रूपमा रहँदा गरेको जिम्मेवारी तथा सहकार्यका लागि धन्यवाद समेत व्यक्त गरेका छन् ।
विगत ३ वर्षदेखि समयदेखि कोहलपुर गोल्डकप सञ्चालन गरिरहेको रेसिङ्ग साहारा क्लब कोहलपुरकोे कोषाध्यक्ष पदमा खाली भएको थियो । सो खाली पदको उपयोग गरी आर्थिक पार्दशिकता नदेखाएको भन्दै पछिल्लो समयमा चर्चा हुन थालेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।














प्रतिक्रिया दिनुहोस्