सुर्खेत । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन्।
गएराति उनीहरू सुरुङ खनेर भागेको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीले जानकारी दिए ।
१७ जना कैदी रहेकोमा पुर्पक्षमा थुनामा रहेका २ जना र ६ जना कैदी सुरुङ खनेर भागेको उनले बताए । उनीहरूको खोजी कार्य भइरहेको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८३ कात्तिक १५ गते शनिबार

















प्रतिक्रिया दिनुहोस्