Kohalpur Today Header Ads

मालपोतका नासुसँग पौने १० करोड अवैध सम्पत्ति, पत्नी र छोरीसमेत ६ जनाविरूद्ध मुद्दा दायर




काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा यदुनाथ आचार्यसहितका ६ जनाविरूद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

भूमिसुधार विभागअन्तर्गतका भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत रहँदा पदको मर्यादाविपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले आचार्यसहित उनकी श्रीमती र अन्य व्यक्तिविरुद्ध मुद्दा दायर गरेको हो ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

आचार्यले २०५४ असोज माघ २ गतेदेखि सरकारी सेवामा प्रवेश त्ति आर्जगरी विभिन्न सार्वजनिक पदमा रहँदा २०८० मंसिर २१ गतेसम्मको अवधिमा गैरकानुनी रूपमा सम्पन गरेको आयोगको अनुसन्धानबाट खुलेको छ ।

उनी खोटाङको जिल्ला विकास समितिको कार्यालयमा गाविस सचिवका रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए ।

आयोगका अनुसार उक्त अवधिमा आचार्य तथा उनको एकाघर परिवारका सदस्यहरूको वैधानिक आयतर्फ पारिश्रमिक, तलबभत्ता, श्रीमतीको पारिश्रमिक, बचत, घरजग्गा बिक्री, बैंक तथा वित्तीय संस्थाबाट प्राप्त कर्जा, कृषि आय र ब्याज आम्दानीलगायतका स्रोतबाट कुल ६ करोड २५ लाख ६३ हजार ३४५ रुपैयाँ ४८ आम्दानी भएको देखिएको छ ।

तर सोही अवधिमा जग्गा तथा घरजग्गा खरिद, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर, विभिन्न कम्पनीमा लगानी, सवारीसाधन खरिद, अध्ययन खर्च, सेयर खरिद तथा बैंक तथा वित्तीय संस्थाको ऋण भुक्तानीलगायतका शीर्षकमा १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ ।

आम्दानी र खर्चबीचको अन्तर विश्लेषण गर्दा आचार्यले ९ करोड ७२ लाख ७१ हजार ९९८ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि भएको आयोगको दाबी छ ।

आयोगले उक्त सम्पत्ति आचार्यले आफ्नी श्रीमती ललिता राजभण्डारी तथा अन्य परिवारका सदस्यहरूको नाममा राखेको र विभिन्न व्यक्ति तथा कम्पनीमार्फत सम्पत्ति खरिदबिक्री तथा लगानी गरेको जनाएको छ ।

त्यस्तै, आपराधिक गतिविधिबाट आर्जित सम्पत्तिको स्रोत लुकाउने उद्देश्यले सम्पत्ति स्थापना, तहकीकरण र एकीकरणसमेत गरेको आयोगको अनुसन्धानबाट खुलेको छ ।

आयोगका अनुसार आचार्यले अन्य प्रतिवादीहरूको संलग्नतामा आपराधिक गतिविधिबाट आर्जित ८ करोड २६ लाख २० हजार २७४ रुपैयाँ बराबरको सम्पत्तिलाई विभिन्न माध्यमबाट स्थानान्तरण तथा एकीकरण गरी ९ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अभियोगसमेत लगाइएको छ ।

यस प्रकरणमा आचार्यकी श्रीमती ललिता राजभण्डारी, छोरीहरू निलु आचार्य र सरु आचार्य तथा अन्य प्रतिवादीहरू प्रभा बस्नेत र कुमारी कटुवालसमेतलाई प्रतिवादी बनाइएको छ ।

आयोगले गैरकानुनी सम्पत्ति आर्जन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा बिगो कायम गरी प्रचलित भ्रष्टाचार निवारण ऐन तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनबमोजिम सजाय र सम्पत्ति जफतको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।

आयोगले आचार्य तथा उनकी श्रीमतीको नाममा रहेको गैरकानुनी सम्पत्ति जफत गर्न र अन्य प्रतिवादीको नाममा रहेको सम्पत्ति पनि कसुरबाट प्राप्त भएको ठहर भएमा जफत गर्न माग गरेको छ ।

साथै, गैरकानुनी सम्पत्ति शुद्धीकरणमा संलग्नलाई बिगोबराबरको जरिवाना तथा कानुनबमोजिम थप सजायको मागदाबी गरिएको छ ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १७ गते सोमबार