Kohalpur Today Header Ads

बासगढीको कौसिल्या अस्पतालमा कात्तिक १९ गते महिलाको स्वास्थ्य तथा क्यान्सर परीक्षण शिविर हुने




बासगढीः बर्दियाको बासगढीस्थित कौसिल्या अस्पतालमा महिलाको स्वास्थ्य तथा क्यान्सर रोगसम्बन्धी निःशुल्क जाँच शिविर आयोजना हुने भएको छ । अस्पतालले महिलामा देखिने विभिन्न स्त्रीरोग तथा पाठेघरको मुखको क्यान्सरको समयमै पहिचान गर्ने उद्देश्यले शिविर सञ्चालन गर्न लागेको हो ।

अस्पतालका प्रशासन प्रमुख शंकर न्यौपानेका अनुसार आगामी कात्तिक १९ गते शुक्रबार शिविर आयोजना गरिनेछ । शिविरमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका कन्सल्टेन्ट महिला तथा क्यान्सर रोग विशेषज्ञ डा. इन्द्रनिल घोषले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नेछन् ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

शिविरमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण तथा परामर्शका साथै महिलामा देखिने विभिन्न स्त्रीरोगको जाँच गरिने अस्पतालले जनाएको छ । महिनावारी अनियमित हुने, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या भएका महिलाले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य जाँच तथा परामर्श लिन सक्नेछन् ।

महिलामा देखिने स्त्रीरोग तथा पाठेघरको मुखको क्यान्सर समयमै पहिचान गर्न सके उपचारमा सहज हुने भएकाले शिविर आयोजना गरिएको अस्पतालका प्रशासन प्रमुख न्यौपानेले बताए । सामान्य देखिने स्वास्थ्य समस्यालाई बेवास्ता गर्दा पछि जटिल अवस्था निम्तिन सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण र विशेषज्ञको परामर्श आवश्यक रहेको उनले बताए ।

ग्रामीण तथा स्थानीय क्षेत्रमा महिलाको स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यले आयोजना गरिएको शिविरबाट बासगढी र आसपासका क्षेत्रका महिलालाई लाभ पुग्ने अपेक्षा गरिएको छ । अस्पतालले महिलालाई शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिन आग्रह गरेको छ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १७ गते सोमबार