Kohalpur Today Header Ads

कोहलपुरमा ‘प्रथम बागेश्वरी एकेडेमी’ तेक्वान्दो महाकुम्भ : ३२ स्वर्णका लागि ५०० खेलाडी भिड्ने




कोहलपुर । बाँकेको कोहलपुर–१० स्थित बागेश्वरी एकेडेमीमा प्रथम बागेश्वरी एकेडेमी जिल्ला स्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप आयोजना हुने भएको छ।

विद्यालयले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो। आयोजकका अनुसार जेठ ३० र ३१ गते सञ्चालन हुने प्रतियोगितामा जिल्लाभित्रका विभिन्न विद्यालय तथा तेक्वान्दो क्लबका खेलाडीहरूको सहभागिता रहनेछ।

Tribhuwan School
LIfe Ok

विद्यालयका अध्यक्ष किशन गुरुङले प्रतियोगितामार्फत तेक्वान्दो खेलको विकास, खेलाडीहरूको प्रतिभा पहिचान तथा खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य रहेको बताए। उनले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै सफल आयोजनाका लागि सरोकारवाला निकाय तथा खेलप्रेमीहरूको सहयोग अपेक्षा गरिएको बताए।

तेक्वान्दोका पूर्व खेलाडी तथा कोहलपुर नगरपालिकाका प्रशिक्षक बुद्धि थापाले प्रतियोगितामा करिब ५०० खेलाडीले ३२ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने जानकारी दिए। उनका अनुसार विद्यालयको हलभित्र तीन स्थानमा एकसाथ खेल सञ्चालन गरिनेछ।

विद्यालयले “संस्कारसहितको गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता” भन्ने नारालाई आत्मसात गर्दै शैक्षिक गतिविधिसँगै खेलकुद क्षेत्रलाई समेत प्राथमिकतामा राख्दै आएको जनाएको छ। प्रतियोगिताले जिल्लामा तेक्वान्दो खेलप्रतिको आकर्षण बढाउनुका साथै नयाँ प्रतिभा पहिचान गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ जेठ २८ गते बिहीबार