काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक बसेको छ। बैठकका लागि चारवटा प्रमुख एजेन्डा तय गरिएको कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको सचिवालयले जनाएको छ।
बैठकमा न्यायाधीशहरूमाथि महाभियोग लगाउने सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्णय, संसद् बैठक बोलाउने र संसदीय छानबिन समिति गठनको मागबारे छलफल हुने बताइएको छ।
त्यस्तै, प्रहरी महानिरीक्षकका विषयमा उठेका प्रश्न तथा आशङ्काबारे साझा धारणा बनाउने र प्रेस स्वतन्त्रता, न्यायालय तथा संवैधानिक निकायहरूको स्वतन्त्रता र स्वायत्तता कायम राख्ने विषय पनि एजेन्डामा छन्।
कांग्रेस संसदीय दलको कार्यालयमा आयोजित बैठकमा एमालेबाट पद्मा अर्याल, नेपाल कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र युवराज दुलाल तथा राप्रपाबाट खुश्बु ओली सहभागी भएका छन्।
कांग्रेसले श्रम संस्कृति पार्टीसहित संसद् बाहिर रहेका दलहरूलाई समेत बैठकमा आमन्त्रण गरेको जनाएको छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
















प्रतिक्रिया दिनुहोस्