प्रथम प्रदेशसभा कप फुटबल : निम्बल एकेडेमी तेस्रो




कोहलपुर । बाँकेको कोहलपुरमा जारी “प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नं. १ (ख) अन्तर माध्यमिक विद्यालय यू–१६ फुटबल प्रतियोगिता” अन्तर्गत निम्बल एकेडेमी तेस्रो भएको छ । तेस्रो स्थानका लागि  नेपाल एपीएफ स्कुल र निम्बल एकेडेमी विच प्रतिस्पर्धात्मक खेलमा निम्बल एकेडेमीले पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले जित हासिल गर्दै तेस्रो स्थान सुरक्षित गरेको हो । निर्धारित समयमा खेल बराबरी भएपछि निर्णय पेनाल्टीमार्फत गरिएको थियो ।

लुम्बिनी प्रदेश अन्तर्गत पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगिता सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जको आयोजनामा सञ्चालन भइरहेको हो । प्रतियोगिता जेठ १ गतेदेखि सुरु भएको हो भने यसको समन्वय नेपाल शिक्षक महासंघ कोहलपुर र राप्तीसोनारीले गरेका छन् ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । खेल गोरखा युनाइटेड पब्लिक स्कुलको मैदानमा सञ्चालन भएकाे थियाे ।

कृष्ण माध्यमिक विद्यालयको खेल मैदानमा कृष्ण मा.वि. र साइनिङ स्टारबीच उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । आज साँझ ५ः३० बजे  हुने फाइनल खेलमा कृष्ण मावि र सानिङ स्टार आमनेसामने हुनेछन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेका दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने तयारीमा रहेका छन् । विद्यालयस्तरको प्रतियोगिताले युवा खेलाडीहरूमा खेलप्रतिको आकर्षण बढाउनुका साथै प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ जेठ ७ गते बिहीबार