Kohalpur Today Header Ads

पञ्चमुखी स्कुलका खेलाडीले प्रथम लुम्बिनी प्रदेशस्तरीय खुला कराते प्रतियोगिता–२०८३ मा उत्कृष्ट प्रदर्शन




कोहलपुर, बाँके ।  कोहलपुर–५ स्थित पञ्चमुखी ई.बी. सेकेन्डरी स्कुलका विद्यार्थीहरूले प्रथम लुम्बिनी प्रदेशस्तरीय खुला कराते प्रतियोगिता–२०८३ मा उत्कृष्ट प्रदर्शन गरेका छन्।

प्रतियोगितामा पञ्चमुखी स्कुलका खेलाडीहरूले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्दै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका हुन्।

LIfe Ok

प्रथम स्थानतर्फ एलिन बुढा मगर (२५ केजी), सुजन बुढा क्षेत्री (२० केजी) र एलिशा के.सी. (२० केजी) रहेका छन्।

त्यस्तै, आयुष बुढाथोकी (४० केजी) र आशिक सोनी (२० केजी) ले द्वितीय स्थान हासिल गरेका छन्।

तृतीय स्थानतर्फ सृष्टि बुढा क्षेत्री (४० केजी), दिक्षा बुढा मगर (४५ केजी), मनोज बुढुवाल (३० केजी) र आरम्भ अधिकारी (२० केजी) रहेका छन्।

प्रतियोगितामा विद्यार्थीहरूले देखाएको उत्कृष्ट प्रदर्शनप्रति विद्यालयले खुसी व्यक्त गर्दै सहभागी सम्पूर्ण खेलाडीलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिएको छ। खेलकुदमार्फत विद्यार्थीको प्रतिभा विकाससँगै विद्यालयको पहिचानसमेत थप उचाइमा पुगेको विद्यालयले जनाएको छ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ भदौ १५ गते सोमबार