म हु भोलिको नेपाली वीर
देखाउने छैन भपकेको शिर
म गर्छु गौरव आफ्नो देशको
गर्छु अझ गौरब भाषा भेषको
ठुलो छ शान ठुलो छ मान
देखाउने छु मेरो देशको ज्ञान ।
केही छ, अग्लो केही छ होचो
बन्ने छैन अब मेरो देश सोझो ।
छैन मेरो देश झुकेको
छैन मेरो आत्मा लुकेको ।
भ्ष्म हौला अत्याचारी
बस है सबै भै होसियारी ।
अब हुँदैन अत्याचार मेरो देशमा
हुने छन् सबै आफ्नो भेषमा ।
बढदै छ मरो आत्माको ज्वाला
आउने छ भ्रष्टाचारीको काल ।
प्रस्तुति : सुनिसा चन्द
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८१ वैशाख ७ गते शुक्रबार













प्रतिक्रिया दिनुहोस्