
कोहलपुर । नेपालगञ्ज मेडिकल कलेजमा उपचारार्थ रहेका विरामीहरुलाई युवा नेता रमेश मल्लले भेटघाट गरी उपचारमा सहजिकरण गरेका छन् । गत विहीबार सल्यानमा भएको सवारी दुर्घटनाका घाइतेहरूको अवस्था बुझ्न नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रमेश मल्लले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भेटघाट गरेका छन्।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पूर्व स्वकीय सचिवसमेत रहेका मल्लले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचार प्रक्रियामा कुनै कमी हुन नदिन सम्बन्धित पक्षहरूसँग समन्वय गरेका छन्।
घटनापछि लगातार चासो देखाउँदै आएका मल्लले अस्पताल प्रशासन र सल्यान प्रहरी प्रशासनलाई उपचार प्रक्रिया सहज बनाउन विशेष पहल गरेका छन्। भेटका क्रममा उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत व्यक्त गरे।
घाइतेका आफन्तहरूले आफ्ना जिल्लाका जनताको पीडामा साथ दिएकामा नेता मल्ललाई धन्यवाद व्यक्त गरेका थिए। मल्लसँगै नेकपाका अर्का केन्द्रीय सदस्य नरेन्द्र न्यौपाने र कोहलपुर वडा नं. ९ का अध्यक्ष ओपेन्द्रनाथ योगी पनि अस्पताल पुगेका थिए।
उक्त दुर्घटना नेपालगञ्जबाट सल्यानको नेटा हुँदै रुकुम पश्चिमको चौरजहारीतर्फ जाँदै गरेको भे १ ख ३९९४ नम्बरको गाडी सवार क्रममा भएको हो। कुमाख गाउँपालिका–२ स्थित बराई जिउला मोडमा गाडी अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
दुर्घटनामा कुमाख गाउँपालिका–४ का ७३ वर्षीय कालिभान रानाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य यात्रुहरू घाइते भएका छन्। घाइतेहरूको हाल नेपालगञ्जमा उपचार भइरहेको छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्