Kohalpur Today Header Ads

गजलबाट कडा सन्देश: दिपक शर्मा सोध्छन्-“दरबन्दी किन निदायो सरकार?”




New Karnali

प्रयोगशालाको उज्यालो निम्न लाग्यो सरकार,
ज्ञानको दियो किन यस्तो टुट्न लाग्यो सरकार।

रोगसँग लड्ने हातहरू थाकेर बस्न थाले,
दरबन्दीको सपना फेरि किन सुत्न लाग्यो सरकार।

LIfe Ok

रगतका थोपा लुकेको सत्य पढ्नेहरू,
उनीहरूको आवाज किन मौन हुन लाग्यो सरकार।

अस्पतालको आशा हामीभित्र धड्किरहन्छ,
तर हाम्रो भविष्य किन रोकिन लाग्यो सरकार।

विज्ञानको बाटो देशको प्रगतिको सास हो,
त्यो सास नै किन बिस्तारै रोकिन लाग्यो सरकार।

हामी सेवा गर्न तयार छौं दिन–रात यहाँ,
तर श्रमको सम्मान किन हराउन लाग्यो सरकार।

प्रयोगशालाको ढोका बन्द नहोस् भोलि,
यति सानो आग्रह पनि किन गाह्रो लाग्यो सरकार।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ चैत २९ गते आइतबार