Kohalpur Today Header Ads

छन्द कवि भगवतीप्रसाद शर्माका तीन कविता




शिक्षक पेशाबाट सेवा निवृत्त हुनुभएको छ । अत्यन्तै उत्कृष्ट र मिठा छ्न्द कविता थुप्रै लेखिसक्नुभएको छ । उहाँले दैनिक २-३ वटा मिठा कविता सधै पस्क्ने गर्नु हुन्छ । उहाँ समाजसेवी र मनका धनी हुनुन्छ ।

१

LIfe Ok

लाग्यो साउन मास रात अनिदो पारेर आमा बसिन्
ऐया भन्नु सिवाय औषधि कुनै छैनन् र दुःखी भइन्
गर्छन् मानिस भित्र बाहिर जहाँ बित्यासमा पर्दछन्
होला सन्च भनौँ कि भन्न नसकी आँखा दुबै गिर्दछन्।

२

कोही होस् उपकार अब्बल दिने उस्तै सबै छन् घर
हुन्थ्यो ज्योतिष वा पुरोहित ठुलो साँचो उही ईश्वर
धामीका उपचार भाकल दुबै आफ्ना यही नै थिए
बर्सेको घनघोर साउन भने हाँसी बसेको थियो।

३

बेथा झट्ट बढ्यो भनी भगवती सम्झी पुकारा भयो
राम्रो होस् सहजै भनेर शिवजी सम्झी हलेसी गयो
ठूलो शब्द गरेर बग्छ खहरे छैनन् सहारा पनि
सुत्केरी जिउकी अशक्त जननी बाँच्छिन् कि मर्छिन् हुने।

 

लेखकको नामः भगवतीप्रसाद शर्मा
आमाको नामः अम्बिकादेवी फुयाल
बुबाको नामः मित्रलाल फुयाल
ठेगानाः खोटेहाङ- ७ खोटाङ बजार, खोटाङ
हाल ठेगाना : माहालक्षमी ४ ललितपुर
जन्म मिति २०१९/०४/२२
अध्यापन अनुभवः ३३ वर्ष
शैक्षिक योग्यताः बि.एड. (सामाजिक अध्ययन)

 

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ साउन २६ गते सोमबार