शिवु खनाल, दाङ
दाङ जिल्लाको लमही नगरपालिकामा रहेको निकै रमणीय र सुन्दर जैविक विविधता पार्क अजम्मरी सामुदायिक वन भित्र रहेको छ । देउखुरीको लमही नगरपालिका—५ पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा अजम्मरी सामुदायिक वन भित्र जैविक विविधता पार्क पर्दछ । पर्यटक मनमोहक दृष्य हेर्न हरियाली भ्रमण गर्नमै केन्द्रित छन् ।
लमही नगरपालिका छिमेकी राष्ट्र भारतको बलरामपुर जिल्लासंग सिमाना जोडिएको छ । लमही कोइलाबास हुलाकी सडक हुदैँ भारतको विभिन्न जिल्लाबाट पर्यटक ल्याउन सकिने थुप्रै आधारहरु छन् । भारतको लागि कोइलाबास नाका मुख्य प्रवेशद्वार हो । जसलाई राप्तीको प्रवेशद्वारा मानिन्छ । भारतिय पर्यटकलाई धार्मिक र प्राकृतिक पर्यटनका लागि आकर्षित गर्न सकिन्छ । भारतमा विष्णु र शिव भगवान् मान्नेहरूको ठूलो समुदाय छ ।
तिनलाई राप्तीको प्रवेशद्वार कोइलाबास नाका हुदै नेपलाको विभिन्न धार्मिक स्थलमा ल्याउन सकिन्छ । अवलोकन गर्न स्थानीय तथा वाह्य पर्यटकहरुको ल्याउनका लागि नगरपालिको विभिन्न योजना ल्याएको लमही नगरपालिका प्रमुख कुल बहादुर खत्री क्षेत्रीले बताए । उनका अनुसार विगतका वर्षहरुमा हेर्नहो भने २० हजार भन्दा बढि पर्यटकहरु आउने गरेको बताए । यस्तै अघिल्लो वर्षबाट छिमेकी जिल्लाहरूबाट जैविक विविधता पार्कमा भ्रमण तथा अवलोकनको लागि आउने गरेको उक्त सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजाल बताए । अध्यक्ष रिजालका अनुसार पार्कमा वर्षमा मात्रै करिब चार लाख भारतीय र आन्तरिक पर्यटन भित्र्याउने लक्ष्य राखेको बताए ।

साँस्कृतिक पहिचान र विविधता
साँस्कृतिक पहिचान र विविधता यो क्षेत्रमा पर्यटन प्रवद्र्धन र विकास गर्ने अर्काे आधार हो । लुम्बिनी प्रदेशमा मात्र एक सयभन्दा बढी संस्कृति र साँस्कृतिक परम्परा प्रचलनमा छन् । नेपालमै पहिलोपटक पहिचानमा आएको प्राकृत धर्म मान्ने समुदाय पनि यसै लुम्बिनी प्रदेशमा रहेका छन् । ब्राह्मण, क्षेत्री, थारू, राई, लिम्बू, मगर, तामाङ, धिमाल, जस्ता जातीय समुदायको मौलिक संस्कृतिले पर्यटकलाई आकर्षित गर्न सक्छ । त्यसमाथि पनि भारतीय र नेपालीबीच समान संस्कृति छ । दुवै मुलुकका करिब २० भन्दा बढी मिश्रित संस्कृतिलाई पनि पर्यटन विकासका लागि उपयोग गर्न सकिने सम्भावना छ ।
प्रकृति र पर्यावरण

तराई, पहाड र हिमालसम्म फैलिएको लुम्बिनी प्रदेश प्राकृतिक सुन्दरता र पर्यावरणीय विविधताले भरिपूर्ण छ । तराईको अत्यधिक गर्मीबाट चिसो ठाउँमा पुगिने भएकाले वातावरणीय विविधताको अनुभूति गर्न र प्राकृतिक सुन्दरताको दृश्यावलोकन गर्न सकिन्छ । दाङका विभिन्न पहाडी भेगमा पुगि रमाउन सकिन्छ ।
शिक्षा, स्वास्थ्य पर्यटन

खेलकूद, शिक्षा, स्वास्थ्य क्षेत्रमा लुम्बिनी प्रदेशले राम्रो पूर्वाधार तयार पारेको छ । अहिले नै पनि छिमेकी मुलुकबाट थुप्रै व्यक्ति शिक्षा र स्वास्थ्यका लागि यहाँ आउने गरेका छन् । देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदान दाङको लमही नगरपालिका पूर्वपश्चिम राजमार्गको छेवैमा रहेको छ । जसमा अहिलेसम्म दुइवटा राष्ट्रिय स्तरका प्रतियोगिता सम्पन्न भइसकेको छ । दाङको लमहीमा रहेका आँखा अस्पतालमा भारतीय बिरामीको चाप निकै बढी छ । काठमाडौपछि शैक्षिक हबका रूपमा विकास भइरहेको लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा रहेको राप्ती प्राविधिक शिक्षालय र पृथुटेक्निकल कलेजमा विभिन्न जिल्लाबाट पढ्न आउने विद्यार्थी, प्रतियोगितामा सहभागि हुने खेलाडी बढ्दै जानुले पनि पर्यटन विकासमा योगदान गरिरहेको छ ।
निजी क्षेत्रको सहभागिता

पर्यटन उद्योगको पूर्वाधार निर्माणमा सरकारले लगानी गरे पनि पर्यटन विकासमा भने निजी क्षेत्रको प्रमुख भूमिका रहन्छ । लुम्बिनी प्रदेशमा हुने पर्यटनका अधिकांश गतिविधि निजी क्षेत्रको पहल प्रयत्न र सहभागितामा हुँदै आएको छ । होटल, लज, सवारीसाधन लगायतमा निजी क्षेत्रले ठूलो लगानी गरेको छ । विभिन्न स्थानीय समितिमार्फत पर्यटन प्रवद्र्धनमा योगदान पु¥याइरहेको छ । सरकारी क्षेत्रबाट निजी क्षेत्रको कार्यमा सहयोग गर्नुपर्छ ।
अजम्मरी वनमा मिनिपार्क र ग्रिनपार्क

दाङ देउखुरी लमही नगरपालिका वडा नम्बर ५ पूर्वपश्चिम राजमार्ग छेवैमा अजम्मरी सामुदायिक वनभित्र रहेको जैविक विविधिता पार्कमा मिनिर्पाक र ग्रिनपार्क निर्माण भइरहेका छन् । आन्तरिक तथा बाहर्य पर्यटकहरुलाई लक्षित गरेर उक्त पार्कको निर्माण कार्यलाई अगाडि बढाइएको वनका अध्यक्ष पवन रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार वनभित्र पार्क निर्माणको योजनालाई निरन्तर अगाडि बढाइएको छ । वनक्षेत्रलाई पर्यटनसंग जोड्ने उद्देश्यले त्यहाँ सबैको ध्यान तान्ने प्रकारकार संरचनाहरु समेत निर्माण भइरहेका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्