कोहलपुरमा लालपूर्जा वितरण गर्ने समिति गठन, को को छन् समितिमा (पूर्ण विवरण)




कोहलपुर ।

बाँकेको कोहलपुरमा लालपूर्जा वितरण गर्ने समिति गठन गरेको छ । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासीलाई जग्गा वितरण गर्ने प्रक्रिया सुरु गरेपछि कोहलपुरमा समिति निमार्ण गरी काम तिव्र रुपमा अगाडि बढाएको छ ।

माओवादी नेतृत्वमा रहेको भुमि सुधार मन्त्रालयद्धारा गठित आयोगले भुमि अयोग गठन ऐन संसोधन गरेसंगै आयोगले जग्गा बितरण प्रक्रियाले गति लिएको हो । नेकपा एमाले सरकारले निर्माण गरेको राष्ट्रिय भूमि आयोग गठन आदेश पहिलो संशोधन २०७८ पारित भएसंगै आयोगको कामले गति लिएको थियो ।

पहिलो चरणमा ५ दर्जन पालिकाहरुसंग कार्य सहमति पत्रमा हस्ताक्षर गरिएको छ । सोही कार्य सहमति पत्र अनुसार केन्द्र र जिल्ला आयोगको निर्देशनमा काम अगाडी बढिरहेको छ ।

कोहलपुर नगरपालिकाको वडा नम्बर १ का वडा अध्यक्ष गोपी खनालले लालपूर्जा दिन मात्र बाँकी रहेको बताए । अन्य काम सबै सकिएको छ, मैले बाँचा गरे अनुसारको काम पुरा गरेको उनले भने ।

को को छन् समितिमा ?

संयोजक : लुट बहादुर रावत
सहसंयोजक : सञ्जु कुमारी चौधरी
सदस्य सचिव : टिकाराम ढकाल
माओवादी केन्द्रबाट : अवराज खड्का
नेकपा एमालेबाट : खिल प्रसाद भूषाल
नेपाली काँग्रेसबाट : विरेन्द्र शाह
एकिकृत समाजवादीबाट : तेज प्रसाद अधिकारी
नेपाल मजदुर किसानबाटबाट : अंजिर बहादुर शाही
राप्रपाबाट : अर्जुन जंग शाह
दलित सेवा संघबाट : बुद्ध सुनार

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस २९ गते बिहीबार