नेपाल घरेलु महासंघ कोहलपुरद्धारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान

कोहलपुर ।

नेपाल घरेलु महासंघ कोहलपुर नगर समितिले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरिएको छ । बिहिबार एक औपचारीक कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी र १५ वटै वडा अध्यक्ष सहित सदस्यहरुलाई घरेलु महासंघका कोहलपुर नगर अध्यक्ष हेम विक्रिम जिसीले भव्य कार्यक्रम गरी स्वागत तथा सम्मान गरिएका थिए ।

कोहलपुर नगरपालिका नगर प्रमुख आचार्यले सम्मान कार्यक्रममा बोल्दै परम्परागत रुपमा चल्दै आएको स्थानीय सञ्चालनको शैलि परिवर्तन गरी सञ्चालन गर्ने बताए । नगरबासीहरुले दिएको अभिमतलाई अपमान नहुँने गरी लोप, लालज, प्रभाव, दवाव, डर धम्कीमा नपरी कोहलपुरलाई समृद्धि बनाउने विषयमा इमान्दारीताका रुपमा प्रस्तुत र प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार कोहलपुरमा स्किल अवधारण अगाडि सारेको बताएका छन् । कोहलपुरमा रहेका बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउनका यो अबधारण ल्याएको नगर प्रमुख आचार्यले बताए ।

यस्तै सम्मान कार्यक्रममा बोल्दै नगर उपप्रमुुख सुवेदीले महिलाहरुलाई उद्यमशिलता तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यका साथ अगाडि बढिरहेको घरेलु महासंघलाई नगरपालिकाको तर्फबाट सहयोग र साथ रहेको जानकारी दिएकी थिइन् । नगरपालिकाले महिलाहरुलाई विभिन्न तालिमहरु दिएर स्वरोगार बनाउनेतर्फ काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

यस्तै नेपाल घरेलुु महासंघ कोहलपुर नगर समितिका अध्यक्ष हेम विक्रिम जिसीले कोहलपुरमा व्यवसायीका समस्याहरु धेरै छन् त्यसको समाधानका लागि नव निर्वाचित जनप्रतिनिधिहरुले समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

यस्तै कार्यक्रममा नेपाल घरेलु महासंघ कोहलपुर नगर समितिका महासचिव सिएम उपाध्याय, अन्य कार्यसमितिका सम्पूर्ण पदाअधिकारी लगायतको उपस्थित रहको थियो ।