बालबालिकाको साहित्य, सिर्जना र कला : मरो देश नेपाल

कति राम्रो मेरो देश नेपाल नाम भाको
चार जात छतिस वर्ण फुल फुलिराको
हिमाल पहाड तराई छ सगरमाथा शिर
कसै सामु झुक्नु हुनु नेपाली हो वीर ।।

कति राम्रो मरो देश भेषभूषा भाको
चार जात छतिस् वर्ण फूल फूलिराको
हिमाल पहाड खोलानाला नदि डाडापाखा
हरीयाली जङगल हाम्रो गाउँछे कोइली भाका ।।

चार जात छतिस वर्ण फुल भए पनि
नेपाली हो सबै हामी एउटा मला अनि
बल भद्र भक्ति थापा अरु सहित पनि
देशको लागि जन्मिएका भए सहिद अनि ।।

डाडा पाखा समथर तराईको फाँट
यो देशलाई स्वर्ग बनाउँ गरौ सबले आँट
बन जङगल हरियाली जडीबुटी धन
कर्मठ भई बच्चौँ हामी नेपाली हो मन ।।

गण्डकी र कोसी हाम्रो कर्णाली छ नदी
त्यसको साहयक नदि अझ अरु कतिकति
छङछङ गरी झरना बग्छ कोइली गाउँछन अनि
मयुर नाच्छ छमछम नाच्छन अरु पनि ।।

रिस्ता गुरुङ
कक्षा : ७
शिव शक्ति आधारभूत विद्यालय
कोहलपुर २ प्रेमनगर, बाँके

प्रस्तुति : सुनिसा चन्द