Kohalpur Today Header Ads

अरनिको माविमा नयाँ नेतृत्व चयन : प्रदीप शाहीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन




सुनिसा चन्द, सल्यान । कुमाख गाउँपालिका–४, कोटनाउला स्थितअरनिको माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। नवगठित समितिको अध्यक्षमा प्रदीप शाही चयन भएका छन्।

समितिको सदस्यमा बिरे सार्की, महिला सदस्यमा सम्झना शाही र चन्द्रकला बोहरा, पदेन सदस्य (वडा प्रतिनिधि) मा बलवीर सुनार, शिक्षक प्रतिनिधिमा रमेश कुमार शाही तथा सदस्य–सचिवमा विद्यालयका प्रधानाध्यापक टेकबहादुर चन्द रहेका छन्।

सगरमाथा ज्ञानपुञ्ज
LIfe Ok

नवनिर्वाचित समितिले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, सुशासन, पारदर्शी व्यवस्थापन, भौतिक पूर्वाधार विकास तथा समुदायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै विद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने नवगठित समितिको अध्यक्षमा शाहीले बताए ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ साउन १८ गते सोमबार