बैजनाथमा ९८ प्रतिशत विद्यार्थी उर्तिण, नोवल ईमि स्कुलका छात्र थापाले ४ जिपीए ल्याई पालिकाकै उत्कृष्ट

कोहलपुर ।

बैजनाथ गाउँपालिकाले आधारभूत तह कक्षा ८ को परिक्षाफल सार्वजनिक गरेको छ । प्राप्त नतिजा अनुसार बैजनाथमा ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

कुल एक हजार ५२८ जना सहभागी परिक्षामा एक हजार ४९७ जना विद्यार्थी उत्तीर्ण भएको नगर शिक्षा प्रमुख विश्वराज ढकालले जानकारी दिए ।

सार्वजनिक भएको नतिजा अनुसार सामुदायिक विद्यालयतर्फ सबैभन्दा कमजोर नतिजा जनता आदर्श माविको रहेको छ । आदर्श माविबाट परिक्षा दिएका मध्ये जम्मा ११९ जना अर्थात् ८९.४७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

यसैगरी नेपाल राष्ट्रिय मावि नौलापुरबाट पनि ९२.३१ प्रतिशत विद्यार्थी उत्तिर्ण हुन सफल भएका छन् । सामुदायिक विद्यालयतर्फ ९५.५ प्रतिशत र संस्थागत तर्फ शत प्रतिशत विद्यार्थी उर्तिण भएका छन् ।

नोवल ईमि स्कुल बैजनाथ ४ का छात्र रोहित थापाले ४ जिपिए प्राप्त उत्कृष्ट भएको शिक्षा शाखाले जनाएको छ ।

बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले बैजनाथमा शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउन सफल भएका बालबालिकाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै विद्यालयका भौतिक संरचना तथा आवश्यक पर्ने शिक्षक, कर्मचारी र शैक्षिक गतिविधिहरु तिव्र रुपमा अगाडी बढाउन आग्रह गरेका छन् ।