नेपालगञ्ज-२ मा किभा व्युटी पार्लर सञ्चालन

काेहलपुर ।

पत्रकारितामा आवद्ध सञ्चारकर्मी संगिता पाठक (सन्ध्या शर्मा) ले किभा व्युटी पार्लर सञ्चालनमा ल्याएकी छन । बुधबार नेपालगञ्ज-२ हनुमानगढी मन्दिर (घरवारी टोल)को छेउमा किभा व्युटी पार्लर सञ्चालनमा ल्याएकी हुन् ।

चैते दशै अर्थात चैत्र महिनाको नवरात्रीलाई मध्येनजर गर्दै कन्या (आद्या मिश्र) बाट उक्त पार्लर उद्धाटन गरिएको हो ।

वर्तमान अवस्थालाई मध्यनजर गर्दै व्यवसायी तर्फ समेत आफ्नो पाईला बढाएकाे  पाठकले बताइन् । आफु भित्र रहेको सिपलाई सदुपयोग गर्दै पायक पर्ने व्यवसायी क्षेत्रमा आफ्नो पाईला अगाडि सारेको  पाठकले जानकारी गराइन ।

पत्रकार शर्माले भनिन्, ‘लेख्ने बाहेक म संग पार्लर सम्बन्धि समेत सिप रहेको हुनले मैले मलाई पायक पर्ने व्यवसाय रोजेकी हु ।  ‘म कलमकै माध्यमबाट यहाँ सम्म आईपुगेकी छु । त्यस कारण पत्रकारिता छोड्नु असम्भव छ, दुवै क्षेत्रलाई सन्तुलन गरेर काम अगाडि बढाउनेछु । यद्दापी म पत्रकारितालाई पनि निरन्तर दिनेछु ।’ उनले भनिन् ।

उनले यहाँ सम्म पुग्न साथ र सहयोग गर्ने सम्पुर्ण सहयोगी हातहरुलाई धन्यवाद समेत व्यक्त गरिन् ।