आगलागी हुँदा ३ घर जलेर नष्ट (फाेटाे फिचर)




काेहलपुर । 

बाँकेकाे राप्तीसाेनारी ५ जुरपानीमा आगलागी हुँदा ७ लाख बराबरकाे नष्ट भएकाे छ । करिब दिउँसाे ३ बजेतिर आगलागी हँला २ वटा घर र ३ वटा गोठ पुर्ण रुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धामपुरले जनाएको छ ।

प्रहरीको अनुसार स्थानीय निखिल थारुको गोठबाट सल्कीएको आगो गरिवलाल थारुको घर गोठ, गजराज थारुको घर र सोनुलाल थारुको गोठ जलेर पुर्ण रुपमा नष्ट भएको हो ।

घरमा रहेको लत्ताकपडा, अन्न र महत्त्वपूर्ण कागजात जलेर खरानी भएको स्थानीयहरुको भनाई छ । प्रहरी , स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियोे । बच्चाहरु खेल्ने क्रममा आगलागी भएको बुझीएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ मंसिर २४ गते शुक्रबार