कोहलपुर । कोहलपुर–१० मा रहेको यूरो स्कुलले भोटेकोशी बाढीमा ज्यान गुमाएका कोहलपुर–११ लोकनगरका कबीरलाल थारु र महेश थारुका परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
भदौ १० गते आएको विनाशकारी बाढीमा रोजगारीका लागि रसुवा पुगेका २३ वर्षीय कबीरलाल थारु र २८ वर्षीय महेश थारुको मृत्यु भएको थियो । कबीरलालको शव चितवनस्थित भरतपुर अस्पतालमा भेटिएको थियो भने महेश पनि बाढीमा परेर ज्यान गुमाएका थिए ।
दुःखमा परेका परिवारलाई विद्यालय परिवारले खाद्यान्न सहयोग र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरी करिब ४१ हजार बराबरकाे सहयाेग गरेकाे विद्यालयका प्रिन्सिपल पुरुषोत्तम शर्माले बताए ।
विद्यालयका प्रिन्सिपल शर्माले विद्यार्थीलाई किताबी ज्ञानसँगै मानवता, संस्कार र सामाजिक जिम्मेवारीको पाठ सिकाउनु विद्यालयको दायित्व भएको बताए ।
“दुःखमा परेका परिवारलाई सहयोग गर्नु पनि एउटा महत्वपूर्ण शिक्षा हो । सानो सहयोग भए पनि त्यसमा मानवताको ठूलो भावना हुन्छ,” शर्माले भने । विद्यालयले सहयोगमार्फत विद्यार्थीमा सहानुभूति र मानवीय संवेदना विकास गर्ने उद्देश्य रहेको जनाएको छ ।
राहत वितरण कार्यक्रममा कोहलपुर नगरपालिका ११ का वडा सदस्य सुधन ढकाल, ओषिस बाबु शर्मा, श्रीया देवकोटा र लेखा प्रमुख मनिसा सुवेदी समेत सहभागिता रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।














प्रतिक्रिया दिनुहोस्