बर्दिया क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित भएका छन् ।
गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १ सय ३६ मतले पछि पार्दै उनी निर्वाचित भएका हुन् । चौधरीले २६ हजार पाँच सय २० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार तीन सय ८४ मत ल्याए ।
यसैगरी नेकपा एमालेका पङ्कजसिँह राठौरले १६ हजार ९० मत ल्याए भने राप्रपाका विनय रावलले १३ हजार दुई सय ९२ मत पाए ।
लालबीर रेशम चौधरीका बुबा हुन् । रेशमको उम्मेदवारी खारेजी भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्रमा उम्मेदवारी दिएका लालवीर चौधरीलाई सहयोग गरेको थियो ।
बर्दिया-२ मा एक लाख ५२ हजार ६२ मतदाता रहेकामा ९२ हजार एक सय ९९ मत खसेको थियोे भने पाँच हजार तीन सय ८७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्