Kohalpur Today Header Ads

नेशनल प्याब्सन कोहलपुरको अध्यक्षमा ज्ञानेन्द्र आचार्य निर्वाचित




कोहलपुर । नेशनल प्याब्सन कोहलपुर नगर कमिटीको चौथो अधिवेशनबाट गोल्डेन फ्यूचर एकेडेमीका संस्थापक तथा प्रिन्सिपल ज्ञानेन्द्र आचार्य अध्यक्ष पदमा निर्वाचित भएका छन्।

अधिवेशनले न्यू कर्णाली ईमी स्कुलका संस्थापक तथा प्रिन्सिपल गोकर्ण महतरालाई सचिव र आशा एकेडेमीका संस्थापक तथा प्रिन्सिपल ज्योति कैनीलाई कोषाध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

LIfe Ok

नवनिर्वाचित अध्यक्ष आचार्यसहित सचिव महतरा र कोषाध्यक्ष कैनीलाई शिक्षा क्षेत्रको विकास, निजी तथा संस्थागत विद्यालयका हकहितको संरक्षण र विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

अधिवेशनबाट नेतृत्व चयन भएसँगै कोहलपुरमा निजी विद्यालयहरूको साझा मुद्दा, संस्थागत विकास, शैक्षिक गुणस्तर तथा विद्यालय व्यवस्थापनका विषयमा नगर कमिटीले थप सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

नवनिर्वाचित पदाधिकारीहरूले निजी विद्यालय क्षेत्रका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै विद्यालय, विद्यार्थी, अभिभावक तथा शिक्षकका हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ भदौ ५ गते शुक्रबार