कोहलपुर ।
कोहलपुर नगरपालिकामा रहेका विकासे योजनाहरुको उपप्रमुख संगिता सुवेदीद्धारा स्थलगत अनुगमन तिव्रता दिएकी छिन् । सोमबार चालु आर्थिक वर्षमा सञ्चालन भएका कोहलपुर नगरपालिकाका १, २, १२, १० वडामा रहेका विकासे योजनाहरुको स्थलगत अनुगमन गरेकी हुन् ।
जसमा कोहलपुर १२ मा सुन्दरबस्ती चोकदेखि करण चन्दको घरसम्म कालोपत्रे र शान्ती खत्रीको घरदेखि रामजानकी मन्दिरसम्म कालोपत्रे, कोहलपुर १ मा ‘क’ लाइन मौवा टोल जाने कालोपत्रे, कोहलपुर २ मा कृष्ण मावि देखि बर्दहवा हुँदै लक्ष्मी मावि सम्म कालोपत्रे, कोहलपुर १० मा मिना कोइरालाको घरदेखि दक्षिण हुँदै राजेन्द्र आचार्यको घरसम्म कालोपत्रे गरी ५ वटा याेजनाकाे स्थलगत अनुगमन गरेकी थिइन् ।
स्थलगत अनुगमनका क्रममा संगिता सुवेदीले गुुणस्तर हिन काम भेटियो भने भुक्तानी नदिने बताएकी छिन् । ‘प्रत्येक विकासे योजनाको अनुगमन पछि मात्र भुक्तानीको व्यवस्था मिलाएकी छु’ उनले भनिन्, ‘अन्यथा गुणस्तर मापन गर्नका लागि सम्बन्धीत निकायमा पुग्नेछु’
विगतका दिनहरुमा पिच गरेको केही दिन, महिना दिनमै सडकको कालोपत्रे, नाली, भवन र पुल जस्ता विकासे योजनामा भत्किएको, विग्रएको भएकोले अब यसलाई दिर्घकालिन रुपमा टिकाउ हुने गरी काम गर्न निर्माण व्यवसायीहरुलाई अनुरोध गरेकी छिन् भने ४ वटा याेजनाका कालोपत्रेमा भने गुणस्तरीय काम गरेकाे बताइन् ।
यस्तै अनुगमनमा कोहलपुर नगरपालिकाका विकास पूर्वाधार शाखा प्रमुख इन्जिनियर बालकृष्ण महतरा, वडा नम्बर ९ का अध्यक्ष लाल बहादुर राना, इन्जिनियर हरि काफ्ले लगायत स्थानियहरू समेत स्थलगत अनुगमन गएका थिए ।
काेहलपुर टुडे । ७ असार २०७९, मंगलवार ०५:१०