‘पाँच वर्षभित्र पालिकालाई नमुना बनाउँछु’

बाँकेको राप्तीसोनारी गाउँपालिका पर्यटन, औद्योगिक तथा कृषि क्षेत्रमा सम्भावना रहेको क्षेत्र हो । गाउँपालिकाको विकास र समृद्धिका लागि निरन्तर क्रियाशील अध्यक्ष तप्त पौडेलसँग विकास, भावी योजना, सम्भावना र चुनौतीबारे कोहलपुर टुडेका समाचारदाता डिल्ली शाहीले गरिएको कुराकानीको सम्पादित अंश :
१. स्वागत छ कोहलपुर टुटेमा
धन्यवाद ।

२. यहाँ निर्वाचित भएपछि के के कामहरु गर्नुभएको छ ?
सर्वप्रथम चुनावमा गरेका बाचाहरुलाई पुरा गर्नका लागि सुशासन र योजनाहरुको विस्तृत योजना बनाएका छौं । निर्वाचित हुने वित्तिकै निति तथा कार्यक्रमको तयारी गरी सार्वजनिक सुनुवाई समेत गर्‍र्यौ । योजनाका कामहरु पनि पहिलो चौमासिकमा नै संरचना बनाउनका लागि ठेक्का खोली स्वास्थ्य चौकी, बर्थिङ सेन्टर र पक्की बाटो, ग्राभेल बाटो लगायतका अन्य विविध योजनाहरु सुरु गर्‍र्यौै । ती योजनाहरुसंग सम्झौता हुने पक्रिया समेत अन्तिम चरणमा छन् ।

दोस्रो महत्वपूर्ण योजनाका भनेको, पञ्चिवर्षिय योजना निर्माण गरेका छौं । सायद यो बाँके जिल्ला कुनै पालिकाले बनाएको छैन होला । अबको पाँच वर्षमा बाँकेमा पहिलो पालिका हुँदैछ । सो योजना पुरा गर्नका लागि फिल्डमा कन्सल्टेन हायर गरेर काममा खटाइसकेका छौं । ठुला सडक गुरुयोजना निर्माण गर्न डिपीआर आव्हान गर्दैछौं । कृषि योजना निर्माण गर्न कृषि निति, तटिय क्षेत्र जमिन, कृषि जमिन र यसको स्वाइल टेष्टका आधारमा पकेट जोन निर्माण गरेर कन्सल्टेन हायर गरेर काम अगाडि बढाउन लागेका छौं ।

तेस्रो शिक्षा र स्वास्थ निति र योजना निर्माण गर्दैछौं । नियमित अनुगमन पश्चात १५ सैय्याको स्वास्थ्य चौकीको दुई तला ढलान हुँदैछ । वडा नं. ४ मा शितभण्डार कोल्ड स्टोरको सुरुवात भएको छ । संघ र प्रदेशका योजनाहरुलाई निर्माण गर्दैछौं । काममा प्रभावकारी बनाउनका अनुगमन गरिरहेका छौं । सुसाशनको क्षेत्रमा सहज सेवाका लागि जिम्मेवारी ढङ्ले, पूर्ण प्रभावकारी, प्रादर्शिक ढङ्ले छिटो र छरितो सेवा प्रवाह गरिरहेको छ ।

२. पालिकाका गौरवका योजनाहरुको अवस्था के छ ?
राप्तीसोनारी गाउँपालिकामा गौरवका योजनाहरुको काम अगाडि बढिसकेको छ । पालिकाका गौरवका योजनाहरु राष्ट्रिय योजनासंग जोडिन्छ । पहिलो गौरवको योजना भनेको सबैमा कृषिको पहुँच योजनाको मूर्त रुप दिनका लागि योजनाको अध्ययन गरिरहेका छौं । यहाँको उत्पादनले बाँकेको ५० प्रतिशत भन्दा बढि भार धान्न सक्छ । दोस्रो हुलाकी सडकलाई पूर्णता दिनेछ । राप्तीसोनारी गाउँपालिकाल ‘खेत खेतमा सिचाई’ भन्ने कार्यक्रम ल्याउँदैछौं । पालिकाले शिक्षा, स्वास्थ्यलाई राखेका योजना बनाउन लागिरहेका छ ।

३. पर्यापर्यटनको लागि पालिकाले के कस्ता कार्यक्रमहरु ल्याएको छ ?
राप्तीसोनारी गाउँपालिकामा पर्यापर्यटनको पचूर सम्भावना छ । यहाँ भएका होम स्टेहरु सञ्चालन गर्ने, बाँके राष्ट्रिय निकुञ्ज र होलटहरुसंगको सहकार्यमा विभिन्न कार्यक्रमको योजना ल्याउँदैछौं । अर्कोतिर थारु साँस्कृति, भुरभवानी मन्दिर, र्वफानी मन्दिर र खर्चे तालको मन्दिरको डिपीआर गर्दैछौं । बाँके राष्ट्रिय निकुञ्जसंग समन्वय गरी वाह्य र आन्तिरक ल्याउन नयाँ योजना बनाउँदैछौ जुन पुषको हिउँदे सभाबाट काम हुँदैछ । बिना योजना कुनै काम सफल हुन सक्दैन त्यसैले हामीले पर्यटन क्षेत्रको विकासका लागि पञ्चिवर्षिय योजनामा राखिसकेका छौं । अहिले वन, जिल्ला वन कार्यालय, राष्ट्रिय निकुञ्ज, पर्यटन बोर्ड, नाटासंग पनि पर्यटन सम्बन्धीत छलफल गरिरहेका छांै । पर्यटनको लागि राप्तीसोनारीको पहिचान र पर्यटनका लागि महोत्सवका कार्यक्रमहरु समेत गरिसकेका छौं ।

४. जनप्रतिनिधि र कर्मचारी बिचको समन्वय सहकार्य कस्तो छ ?
निकै राम्रो प्रश्न गर्नुभयो, अहिले जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध नङ्ग र मासु जस्तै हुनुपर्छ । काम गर्ने कर्मचारीहरुको दक्षता र योग्यताको मुल्यांकन गरी सम्मान गर्नुपर्छ । राप्तीसोनारी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीहरु विचमा सम्बन्ध भाइचारको जस्तो समन्वय सहकार्य भइरहेको छ । अहिले वडा वडामा खटिएका कर्मचारीहरुले समन्वय गरी काम सहज र सरल रुपमा प्रदान गरिरहेका छांै ।

५. अन्त्यमा यहाँको आन्तरिक स्रोतको सम्भवना के देख्नुभएकोे छ ?
पालिकाको आन्तरिक स्रोत प्रचुर सम्भावना बोकेको छ । प्रकृतिले हामीलाई नदि दिएको छ । नदिजन्य पदार्थलाई मात्र व्यवस्थापन गरियो भने मात्र आन्तरीक स्रोत बढ्छ । हामीले हाम्रो स्रोत र उत्पादनलाई बजार्सम्म पुग्यो भने आम्दानी बढ्छ सक्ने स्थिति छ । प्रकृतिक नै हाम्रो सबैभन्दा ठुलो आम्दानी हो ।