काेहलपुरकाे उपमेयरमा सक्रिय युवा नेतृ सुवेदीकाे सशक्त दावी, यस्ताे छ अधार हेर्नुहाेस् ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनाव सरगर्मी बढ्दै गएको छ । कुन पार्टीले कसलाई कहाँ उम्मेदवार बनाउँछ भन्ने चासो उत्तिकै छ । अहिले चोक, चिया पसल, रेष्टुरेष्ट तथा होटलहरुमा उम्मेदवार बन्छ भन्ने विषयमा निकै चर्चा चलिरहेको छ ।

नेपालमा २० पछि २०७३ सालको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले बाँकेका ८ स्थानीय तहमा प्रायजसो धेरै उपमेयर, अध्यक्ष र वडाहरुमा विजय हासिल गरेको थियो । कोहलपुर नगरपालिकामा उम्मेदवारहरुको विषयमा पनि निकै चर्चा चलिरहेको बेलामा नेपाली काँग्रेसमा पनि धरै उपमेयरमा आकाँक्षी देखिएका छन् ।

सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन बनेको अवस्थामा एउटा परिस्थिति बन्ला तर कांग्रेस एक्लै लडे पनि नतिजा आफ्नो पक्षमा पार्न सक्ने स्थिति रहेकाले कोहलपुर नगरपालिकाको मेयर र उपमेयरको टिकट कसले पाउँछ भन्ने चर्चा कांग्रेस वृत्तमा छ ।

अहिलेको अवस्थामा कांग्रेसको लागि सुरक्षित मानिएको यो नगरपालिकामा पाँच जनाले दाबी गरिरहँदा महाधिवेशन प्रतिनिधि युवा नेतृ संगिता सुवेदीको सशक्त दाबेदारी छ । नगरपालिकाको उपमेयर लड्ने मनस्थितिका साथ सुवेदी केही समय अगाडिदेखि नै तयारीमा जुटेका छन् । नगरपालिकाको उपमेयरमा चुनाव लड्ने मनस्थिति बनाएरै अघि बढिसकेको छु, पार्टीले टिकट दिए चुनाव जित्ने आत्मविश्वास पनि छ,ू युवा नेतृ सुवेदीले कोहलपुर टुडेलाई भनिन्

सुवेदी कोहलपुर नगरपालिकाको उपमेयर पदको प्रबल दाबेदार मानिएका छन् । कोहलपुर जेसीसहुँदै पार्टी राजनीतिमा आएकी उनको विभिन्न संघसंस्थामा समेत राम्रो पहिचान कमाउँदै नगरभित्र धेरै लोकप्रिय मानिन्छन् । उनी कोहलपुर उद्योग वाणिज्य संघको उपाध्यक्ष, कोहलपुर जेसीस वर्ष २०१९ को अध्यक्ष, लाइन्स क्लब कोहलपुर अध्यक्ष समेत रहेछी छिन् । कोहलपुरका जनताहरुलाई संकटको बेलामा खाद्यान्न, पौष्ठिक आहारा, प्राकृतिक अक्सिजन जोहो गरेका कारण पनि गरिब दुःखीहरुको माया पाउनेमा ढुक्क छन् । यति मात्रै होइन, कोरोना सन्त्रासका कारण धेरै नेताहरु घरभित्र थिए तर सुवेदी सुत्केरी महिलादेखि विपन्न बालबालिकाको घरसम्म पुगेको कोहलपुरका स्थानीयहरु बताउँछन् ।

युवा नेतृ सुवेदीले यी आधारहरु प्रस्तुत गरेकी छिन् ।

१. नेपाली कांग्रेसमा १ दशकदेखि निरन्तर निश्वार्थ र निष्ठापूर्वक पारिवारिक लगानी भएको ।

२. कोहलपुरको विकास र समृद्धिका लागि युवाको आवश्यकता भएको ।

३. स्थानीय देखि केन्द्रसम्मका सामाजिक संघसंस्थाहरुमा रही कुशल र सफल नेतृत्व गरेको अनुभव भएको ।

४. पार्टीको १४औं महाधिवेशन प्रतिनिधि

५. बहुसंख्यक युवा मतदाताहरुको सहभागिता रहने आसन्न स्थानीय तहको निर्वाचनमा राजनीतिसँग बितृष्णा र टाढा रहेका युवाहरुलाई नेपाली कांग्रेस पार्टीसँग जोड्न र परम्मपरागत पार्टी (बुढो पार्टी) को बुढो सोच भन्ने आरोपलाई खण्डन गर्न ।

६. समग्र कोहलपुरको विकास र समृद्धि प्राप्तिमा विभिन्न वर्ग, जात, लिङ्ग, क्षेत्र र समुदायको पाको र पछिल्लो पुस्ताको सेतुका रुपमा प्रस्तुत हुन सक्ने विश्वास रहेको ।

कोहलपुर नगरपालिकाको उपमेयरमा अहिलेसम्म पाँच जनाले दावी गरिरहेका छन् । जसमा संगिता सुवेदी, मिना सिग्देल, केश कुमारी वली, अञ्जना पाण्डे, द्रोपती वली रहेका छन् ।