ट्रकले किच्दा ३ जनाको मृत्यु




तौलिहवा बहादुरगंज सडक अन्र्गत महाराजगंज नगरपालिका वडा नम्बर २ गैडहवा चोक नजिकै ट्रकले किच्दा ३ जनाको मृत्यु भएको छ।

बहादुरगंजबाट तौलिहवा तर्फ जादै गरेको ना २ ख २३६४ नम्बरको ट्रकले पदैलयात्री र साईकलयात्रीलाई ठक्कर दिदा एक बालक सहीत ३ नजाको मृत्यु भएको हो। बुधवार बिहान सवा सात बजेतिर तीब्र गतिमा रहेको मदिरा लोड गरेको ट्रकले किच्दा स्थानीय १२ बर्षिय आनन्द कस्यप, महाराजगंज नगरपालिका ३ का ७५ बर्षिय भोलई कुर्मी र ४५ बर्षिय बिजय कुमार गुप्ताको मृत्यु भएको प्रहरी श्रोतले जानकारी गराएको छ।

गंभीर घाईते भएका ३ जनालाई उपचारकालागि कपिलवस्तु अस्पताल लगिएकोमा ३ जनालाई डाक्टरले मृत घोषणा गरेका थिए । ३ जनाको शव अस्पतालमा रािखएको छ। घटनाको बिरोधमा स्थानीयबासीले बाटो बन्द गरेका छन।

घटना स्थलमा ठुलो संख्यामा प्रहरी परिचाल गरिएको छ । ट्रक सहीत चालक प्रहरी निय्रन्त्रणमा रहेको प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताए। उनले २ जनाको मृत्यु भएको र एक जना गंभीर घाईते भएको आफुलाई जानकारी आएको बताए । घटनाको बिस्तृत बिवरण आउन बाकी रहेको उनले बताए।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ साउन १३ गते बुधबार