आज लुम्बिनी लायन्स र चितवन राईनोज विच प्रतिस्पर्धा हुँदै




कोहलपुर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज लुम्बिनी लायन्स र चितवन राईनोज विच प्रतिस्पर्धा हुन लागेको छ ।

लुम्बिनी लायन्सको लागि यो नयाँ सिजनको सफल सुरुवात गर्ने लक्ष्य सहित मैदानमा उत्रिने पहिलो खेल हो ।

चितवन राईनोज भने कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै आफ्नो जित हात पारेको थियो । राईनोजको लागि यो दोस्रो खेल हो ।

यो प्रतियोगिता पाँचौ खेलका रुपमा आज दिउँसो ४ बजे क्रिकेट मैदान कृर्तिपुरमा हुनेछ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ मंसिर ४ गते बिहीबार