Kohalpur Today Header Ads

कोहलपुरमा मापदण्ड विपरीत सञ्चालन भएकोे बधशाला बन्द




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ४ बेलनपुरमा रहेको बधशाला बन्द गरेको छ । कोहलपुर नगरपालिकाले बधशालाहरुको अनुगमन जाँदा मापदण्ड विपरीत सञ्चालन गरेको पाइएपछि बधशाला बन्द गरेको कोहलपुर नगरपालिका ४ का वडा अध्यक्ष मुबारक अलि गुजरले बताए ।

वडा अध्यक्षका अनुसार विगतका वडाअध्यक्षलाई मापदण्ड विपरीत बधशालामा राँगा भैसी काट्ने गरेको जानकारी गराएका थियौं तर कार्यान्वयन भएको थिएन तर अहिले त्यसलाई मापदण्डमा सञ्चालन गर्नका लागि तत्कालको लागि बन्द गरेका हौं ।तर मापण्डमा रहेपछि पून सञ्चालन गर्ने दिने वडा अध्यक्ष गुजरले बताए ।

LIfe Ok

अनुगमनमा कोहलपुर नगरपालिका ४ का वडा अध्यक्ष मुबारक अलि गुल्जार, नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख बीरबहादुर विक, पशु शाखा प्रमुख गोविन्द रोकाय, इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक महेश आचार्य, कुखुरा विकास फर्म खजुराका प्रमुख डा. शंकर न्यौपाने लगायतको टोलीले बधशालाको अनुगमन गरेको हो ।

स्थानीयबासीले पनि ती बधशालाबारे स्थानीय सरकारलाई गुनासो गर्दै आएका थिए । रांगाभैंसी काट्ने ठाउँको उचित सरसफाई नगरेको, त्यहाँबाट निस्कने फोहोर व्यवस्थापन नगरेको, कतिपय फोहोर नालामा मिसाउने गरेको लगायतको गुनासो स्थानीयको छ ।

पशु स्वास्थ्य तथा पशु ऐन २०५५, वातावरण संरक्षण ऐन ०७६, पशु बधशाला र मासु जाँच ऐन २०५५ को मापदण्डमा रहेर मात्रै पशु बधशाला संचालन गर्न दिने निर्णय भएको अनुगमन समितिका सदस्य डा. न्यौपानेले बताए ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ चैत १६ गते बिहीबार