Kohalpur Today Header Ads

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कोहलपुरमा बीबीए परीक्षा सुरु, ८१ विद्यार्थी परीक्षामा सहभागी




 कोहलपुर। सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कोहलपुरका दुई क्याम्पसका बीबीए चौथो सेमेस्टरको परीक्षा वेष्टर्न कलेज अफ बिजनेस स्टडिज सुरु भएको छ।

शुक्रबार वेष्टर्न कलेज अफ बिजनेस स्टडिज र कोहलपुर मोडल कलेजका गरी ८१ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन्।  परीक्षा विगतको तुलनामा थप मर्यादित, अनुशासित र व्यवस्थित बनाउँदै सञ्चालन गरिएको क्याम्पस प्रमुख राजु दहालले जनाकारी दिए ।

सगरमाथा ज्ञानपुञ्ज
LIfe Ok

‘परीक्षा हलमा आवश्यक अनुशासन कायम गर्दै विश्वविद्यालयको परीक्षा मापदण्डअनुसार प्रक्रिया अघि बढाइएको छ,’ दहालले भने, ‘परीक्षा प्रणालीलाई प्रभावकारी र सुधारोन्मुख बनाउने उद्देश्यसहित निगरानीसमेत कडाइ गरिएको छ। ‘

परीक्षाका परीवेक्षक सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक विष्णुबहादुर महरा रहेका छन्।  यसैबीच, बीबीएको दोस्रो सेमेस्टरको परीक्षा आगामी ५ गतेदेखि सुरु हुने जनाइएको छ।

यस्ताे छ रूटिन

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असोज २ गते शुक्रबार