Kohalpur Today Header Ads

एमसिसीको बिरोधमा फागुन १६ गते नेपाल बन्द (विज्ञप्ती सहित हेर्नुहोस् )




विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका राजनीतिक दलहरुले एमसिसी सम्झौताको बिरोधमा फागुन १६ गते नेपाल बन्दको घोषणा गरेका छन् ।आजै प्रतिनिधिसभाबाट पास गर्न लागिएको अमेरिकी सहयोग परियोजना ‘एमसिसी’ को बिरोधमा विप्लव नेकपा सहितका ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाद्धारा फागुन १६ गते सोमबार नेपाल बन्दको घोषणा गरेका हुन् ।

आईतबार ६ कम्युनिस्ट पार्टी र २ मोर्चाको बैठकले साझ एमसिसीको बिरोधमा आज मशाल जुलुस र सोमवार नेपाल बन्दको कार्यक्रमको घोषणा गरिएको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चिरन पुनले जानकारी दिए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा, चित्र बहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायतका पार्टीहरुले एमसिसी हिरोधमा काठमाडौं लगायत देशभर संघर्ष गर्दै आइरहेका छन् ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन १५ गते आइतबार