कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा सुदुरपश्चिम सेवा समाज कोहलपुर आयोजनामा बृहत रक्तदान एवम् विशेषज्ञ दन्त शिविर गरेको छ । सोमबार कोहलपुर डेन्टल हस्पिटलको प्राङ्गनमा बृहत रक्तदान एबम विशेषज्ञ दन्त शिविर गरेको हो ।
सुदुरपश्चिम सेवा समाजका संयोजक गजेन्द्र बहादुर शाहीले बृहत रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेको र १ सय ३५ जनाले निःशुल्क विशेषज्ञ दन्त सेवा लिएको बताए ।

सुदुुरपश्चिम सेवा समाजले विभिन्न कार्यक्रम गरी समाज सेवामा सधै निरन्तर लागिरहेको संयोजक शाहीले बताए । सुदुरपश्चिम सेवा समाजले निकट भविस्यमा बाँके जिल्ला लगायत दुर्गमबस्तीहरुमा विशेषज्ञ स्वास्थ्य सेवा, सामाजिक हितका क्षेत्रमा कार्य गर्दै जाने संयोजक शाहीले बताए ।
यस्तै लुम्बिनी प्रदेश सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि बसन्ती अधिकारीले सामाजिक उत्तरदायित्व सबै संघसंस्थाहरुले गर्नुपर्नेमा जोड दिएकी थिइन् ।

यस्तै कोहलपुर डेण्टल अस्पतालका डाक्टर आस्था ढकाल र डाक्टर द्वारिका प्रसाद बजगाईले रक्तदान साथै निःशुल्क दन्त शिविरमा मानवीय कार्यमा सरिक हुन पाउँदा आफुहरु धेरै खुसी भएको बताए ।
यस्तै रक्तदान कार्यक्रममा नेपालगञ्ज रेडक्रस शोसाइटी र कोहलपुर रेडक्रस शाखाले प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको थियो ।

यस्तै कार्यक्रममा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (प्रहरी नायव उपरीक्षक) धर्मराज भण्डारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख (प्रहरी निरीक्षक) पुस्करराज पन्त, पुर्व प्रहरी उपरीक्षक (एसपी) हर्क शाही, स्ववियूू सभापति देवेन्द्र बुढा लगायतको उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्