स्कुल लेवल डान्स प्रतियोगितामा दिपिका खड्का प्रथम, पञ्चमुखी ईमि स्कुलद्वारा खड्कालाई ३० हजार नगद सहित सम्मान




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ५ मा रहेकोे पञ्चमुखी ईमि स्कुलद्वारा दिपिका खड्कालाई ३० हजार नगत सहित सम्मान गरेको छ ।

ॐ साईबाबा कला केन्द्रको आयोजनामा भएको स्कुल लेवल डान्स प्रतियोगिता २०८२ मा विभिन्न चरण पार गर्दै प्रथम हुन सफल भएकी हुन दिपिका खड्का ।

उनी पञ्चमूखी ईमि स्कुलमा कक्षा ९ मा अध्ययनरत छिन् । स्कुलमा औपचारीक कार्यक्रम गर्दै खड्कालाई ३० हजार नगद रकम सहित सम्मान गरेको हो ।

विद्यालयका प्रिन्सिपल डिल्लीराज घिमिरेले विद्यार्थीको थप हौसला प्रदान गर्द दिपिका खड्काको आमा मिठ्ठु खड्कालाई नगद ३० हजारको चेक हस्तान्तरण गर्दै सम्मान गरिएको बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ पुस ९ गते बुधबार